• गोपाल काफ्ले
    पथरी असार १८ गते ।
    मोरङ पथरीशनिश्चरेमा रहेको वाल्मीकि मेमोरियल सेकेण्डरी स्कुलले एस. ई. ई. परिक्षामा उत्तिर्ण भएका आफ्ना बिध्याथीहरुलाई बधाई सहित बिदाई कार्यक्रम गरेको छ । प्रमुख आतिथी वडा अध्यक्ष
    बाल्मिकीबाट एस ई ई परीक्षा दिएका ६२ बिद्यार्थीमा ए प्लस ७ जना ग्रेड ए २० बि प्लस २५ बि १० गरि सतप्रतिसत नतिजा ल्याई उत्तिर्ण भएका थिए ।


    बिद्यार्थीका लागि स्कुलका शिक्षक बिरेन्द्र अधिकारीले कविता बाचन गरि शुभकामना प्रस्तुत गर्नु भएको थियो भने शिक्षिका मिना तामाङ, शिक्षक भरत थापाले आँउदा दिनमा कसैको कर कापमा नरहि आफ्नो रोजाईको बिषयमा उच्च शिक्षा हासिल गर्दै अघि बढ्न शुभकामना दिनुभयो ।
    शिक्षा क्षेत्रमा बाल्मिकिले पुर्याएको योग्दानको प्रशंसा गर्दै प्रमुख अतिथी यम गुरागाईले आँउदा दिनमा पथरीशनिश्चरे क्षेत्रकै नमुना बिद्यालय भै बिद्यार्थीहरुले बाहिर गएर पढ्नु नपर्ने वातावरण सृजना गर्न चाहिने सल्लाह सुझाव र सहयोग गर्न आफुले सधै दिन तत्पर रहेको बताउनु भयो ।


    कार्यक्रममा स्कुल अभिभावक संघका अध्यक्ष नेत्र न्यौपाने र प्रिन्सिपल नवलकिशोर खनालले उत्तिर्ण भएका अबिर खादाले सहित मायाको चिनो बितरण गर्नु भएको थियो । विदाई कार्यक्रममा विद्यार्थी शिक्षक तथा अभिभावकको आँखा रसाएका थिए । विद्यार्थीहरु भेरी भेट होला नहोला भन्दै अंकमाल गर्दै सम्झनाका कोसेलीहरु साटासाट गर्दै थिए । उनीहरुले सामुहिक तस्बिरहरु खिचाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…