• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ । फ्रेण्डसिप चेस क्लवको आयोजनामा मोरङमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी स्वरूप आज (सोमाबार) क्लवको कार्यालय उद्घाटन भएको हो । क्लवका अध्यक्ष धनराज राईले प्रतियोगिता बारे जानकारी दिएका हुन् । यस अघि असारमा प्रतियोगिता गर्ने घोषणा भएको थियो ।

    विश्वकप फुटबल प्रतियोगिताको कारण ध्यान तानिएले बुद्धिचाल प्रतियोगिता आगामी असोज दोस्रो साता सारिएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देनले आफ्नो कार्याकालभरी भाडा आधा बेहोर्ने घोषणा गरेका गर्नुभयो । वडा अध्यक्ष एङ्देन र क्लवका अध्यक्ष राईले चेसको गोटी चालेर कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा पथरीशनिश्चरे र उर्लाबारी नगरका बुद्धिचाल खेलाडिहरू सहभागी रहेका थिए । २०५९ सालमा स्थापित भएको क्लवले बुद्धिचाल प्रतियोगिता गराउदै आएको क्लवका सचिव लोकसागर साम्बाले बताए ।






























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…