• विश्वकप फुटवलमा उपाधी दाबेदार मानिएको ब्राजिल र मेक्सिकोबीचको खेल भइरहेको छ । दोस्रो हाफको खेल चलिरहँदा ब्राजिलले अग्रता लिएको छ । ब्राजिलको लागि नेयमारले गोल गरेका छन् । उनले खेलको ५१ औं मिनेटमा गोल हानेका  हुन् । यो सँगै मेक्सिको दबाबमा परेको छ ।

    नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरेका हुन्।

    रसियामा जारी मेक्सिको र ब्राजिलबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपछि गोल गर्न सकेका थिएनन्।

    जारी विश्वकपमा समूह चरणका तीन खेल मध्ये २ मा जीत र एकमा बराबरी खेलेको ब्राजिलले पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो भने कोस्टारिका र सर्बियालाई समान २-० गोलले पराजित गरेको थियो।

    त्यस्तै डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजीत गरेर घर फर्काइदिएको मेक्सिकोले समूह चरणमा दक्षिण कोरियालाई २-१ गोलले हराएको थियो भने तेस्रो तथा अन्तिम खेलमा स्विडेनसँग ३-० गोलको हार ब्यहोरेको थियो। उसले जर्मनीलाई १-० पताजित गरेको थियो।

    क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रेको ब्राजिलले पछिल्ला १४ खेलमा हार ब्यहोरेको छैन। उसले अन्तिमपटक गत वर्षको जुनमा अर्जेन्टिनासँग १-० गोलको पराजय सामना गरेको थियो भने ब्राजिल र मेक्सिकोबीच अन्तिमपटक सन् २०१५ को जुनमा प्रतिस्पर्धा भएको थियो मैत्रिपुर्ण खेलमा जसमा ब्राजिल २-० गोलले विजयी भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…