• काठमाडौं । बेल्जियम विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बेल्जियमले जापानविरुद्ध उत्कृष्ट कमब्याकगर्दै ३–२ को जित निकाल्दै क्वाटर फाइनलमा स्थान बनाएको हो l २–० ले पछि परको अवस्थामा बेल्जियमले जापानविरुद्ध उत्कृष्ट कमब्याक गर्न सफल भएको हो ।



     



    जापानले खेलको ४८ र ५२ औं मिनेटमा लगातार दुई गोल गरेको थियो । गेन्की हारागुचीले गाकु सिबासाकीको पासमा काउन्टरमा सुरुवाती गोलगर्दा जापानका लागि दोस्रो गोल ताकासी इन्युले गरेका थिए । इन्युले सिन्जी कागावाको पासमा गोल गरेका थिए ।



     






     



    तर जापानले आफ्नो दुई गोलको अग्रता जोगाउन सकेन । बेल्जियम लगातार दुई गोल गर्दै बराबरी खेलमा फर्कियो । बेज्लियमका लागि खेलको ६९ औं मिनेटमा जान भर्टोङगंनले हेडरमार्फत गोल गरेभने ७४ औं मिनेटमा मराउने फिलेनीले समेत हेडर मार्फत गोल गरेपछि खेलले नाटकीय रुप लिएको थियो ।



     



    त्यसपछि निर्धारित ९० मिनेटमा चार मिनेट अतिरिक्त समय थप गरिएको थियो । त्यस सयममा बेल्जियम भाग्यशाली सावित भयो । खेल लगभग समाप्त हुन लागेको समयमा बेल्जियमल आफ्नो पोस्टबाट सिधै काउन्टरमा बल कुदाएको थियो ।



     



    त्यस अवस्थामा थोमस मुनिएरको पासमा नेसिर चाड्लीले काउन्टरमै गोल गरेपछि खेल अन्तत : बेल्जियमले जित्न सफल भयो । यस खेलसँगै बेल्जियम क्वाटर फाइनलमा प्रवेशगर्दा उत्कृष्ट खेलको जापान प्रतियोगिताबाट बाहिरिएको छ ।



     



    अब बेल्जियमले क्वाटर फाइनलमा बलियो टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।



     



     



     



    बेल्जियमको उत्कृष्ट कमब्याक



     



    जापानले खेलको ४८ र ५२ औं मिनेटमा लगातार दुई गोल गरेको थियो । गेन्की हारागुचीले र ताकासी इन्युले गरेका थिए । तर जापानले आफ्नो दुई गोलको अग्रता जोगाउन सकेन ।



     



    बेल्जियम लगातार दुई गोल गर्दै बराबरी खेलमा फर्कन सफल भयो । बेज्लियमका लागि खेलको ६९ औं मिनेटमा जान भर्टोङगंनले हेडरमार्फत गोल गरेभने ७४ औं मिनेटमा मराउने फिलेनीले समेत हेडर मार्फत गोल गरेपछि खेलले नाटकीय रुप लिएको थियो ।



     



    संयोग दुवै टोलीले ५ मिनेटको अन्तरालमा लगातार दुई गोल गरेका थिए । त्यसपछि निर्धारित ९० मिनेटमा चार मिनेट अतिरिक्त समय थप गरिएको थियो । खेलअघि बेल्जियमले जापानलाई सहजै जित्ने अनुमान लगाइएको थियो । तर बेल्जियमले जापानलाई जित्न निकै संघर्ष गर्यो । झण्डै हारको संघारमा पुगेको बेल्जियम भाग्यशाली सावित भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…