• काठमाडाैं, असार १९ । रुसमा जारी विश्वकप फुटबलमा आज (मंगलबार) प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदैछ। आज हुने अन्तिम दुई प्रि-क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।

    आजको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ । आजको खेलबाट दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।  जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन् । यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

    आज हुने पहिलो खेलमा स्विडेन र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ । सेन्ट पिटर्सवर्गमा हुने खेलमा दुवै टोलीको लक्ष्य अन्तिम आठमा पुग्नु हुनेछ । प्रतियोगितामा स्विडेन समूह ‘एफ’ को बिजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस्तै स्विजरल्याण्ड समूह ‘इ’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

    विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया  र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ । स्पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ । कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । इंग्ल्यान्ड भने समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…