देबु बानियाँ झापा ।
अछाम जेसीजको आयोजना तथा रामारोशन गाउँपालिकाको आर्थिक सहयोगमा छाउपडी कुप्रथा अन्त्यका लागि युवा अभियान सुरु गरेको छ ।
छाउपडी प्रथाका कारण वर्षेनी यहाँका महिलाहरुको निधन हुन थालेपछि अछाम जेसीजले यसको अन्त्यका लागि विद्यार्थी, स्वयमसवीका, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको
४ सय भन्दा धेरैको सहभागितामा दुई दिने अभियान सम्पन्न गरेको हो ।
एक वर्षदेखि रामारोशन गाउँपालिकाको सहयोगमा सुरु गरेको जेसीज अभियानले सिंगो जिल्लाको यो प्रथालाई अन्त्य गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका उपसंयोजक टोप बहादुर रावलले यो अभियान जिल्लाका सबै स्थानीय निकायले गर्ने बताए । उनले यसका लागि जिल्ला समन्वय समिति समेत सहकार्य गरेर अघि बढ्ने समेत बताए ।
बिशिस्ट अतिथी गाउपालिका अध्यक्ष झंकर साउद भाष्करले यो कुप्रथा मान्ने जो कोहि लाई गाउपालिकाको सेवा सुबिधा बाट बन्चित गरिने बताए । कार्यक्रममा प्रमुख प्रशिक्षक सुधन ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी शितल रावललगायतले गोठमा बस्ने गाई भैसीले हो र मान्छेले त घरमा बस्नु पर्छ भन्दै यसको अन्यका लागि जेसीजसँग सहकार्य गरेर अघि बढ्ने बताए । जिल्ला जनस्वास्थ निरीक्षक झपट ढुंगानाले छाउ भएको बेला पोसिलो खानेकुरा र सरसफाइमा ध्यन दिनु पर्छ सुझाव दिए । कार्यक्रममा गाउपालिका उपाध्यक्ष सरस्वती रावल, पत्रकार शिवराज ढुंगाना, फुलबारी जेसीजका अध्यक्ष वीर सिंह महराले अछाम जेसिजको कार्यको प्रशंसा गरेका थिए । अछाम जेसीजका पुर्ब अध्यक्ष नमराज न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यो प्रथा अन्त्यका लागि अछाम जेसीज निरन्तर अभियानमा लाग्ने बताए । महिलाहरुले छाउ हुन नपरोस, नछुने हुन नपरोस र यसको अन्त्यका लागि सबैले सहयोग गर्नु पर्ने अपेक्षा राखेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका चक्र रावल र नेपाली काग्रेसका अनुराधा स्वारले समेत छाउपडी प्रथा अन्त्य गर्ने सबै राजनीतिक दल एक भएर लाग्ने बताए ।
कार्यक्रममा यो अभियानमा लाग्ने २१ जना अभियान्ता महिलालाई सम्मान गरिएको थियो ।
अछाम जेसीजका अध्यक्ष खेमराज ढुङ्गानको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत पर्यटन संयोजक दिपक राववले गरेको थिए भने जेसीजका सल्लाहकार बम रावलले सञ्चालन गरेका थिए ।
उक्त कायक्रममा सो जिललामा हाल सम्म छाउपडी प्रथाका कारण हालसम्म १३ जना महिलाले ज्यान गुमाउनु परेको बताएका थिए ।