• काठमाडौं, १९ असार । विश्वकप २०१८ अन्तर्गत आठौं तथा अन्तिम नकआउट चरणको खेलमा क्वार्टरफाइनलमा पुग्ने अपेक्षा सहित इंग्ल्याण्ड र कोलम्बीया भिड्दैछन् । रसियाको राजधानी मस्कोमा आयोजना हुने यो खेल नेपाली समय अनुसार राती ११ः४५ सुरु हुनेछ ।

    क्वार्टरफाइनलको लागि हुने यस अन्तिम खेलले यि दुई टोलीको विश्वकप यात्राको टुंगो लाग्ने भएकोले दुबै टोली यस खेलको लागि तयार रहेको छ ।

    कोलम्बीयाले हालसम्म इंग्ल्याण्डलाई हराउन सकेको छैन । यि दुईबिच पछिल्लो खेल सन् १९९८ को विश्वकपमा भएको थियो । तथापी २० वर्ष अघि खेलेको कोलम्बीयाको टोली र अहिलेको टोलीमा धेरै फरक स्तरको टोली भइसकेको छ ।

    समुह चरणको अन्तिम खेलमा सेनेगललाई हराएर समुह विजेताको हैसियतमा नकआउट प्रवेश गरेको कोलम्बीयामा रादामेल फाल्काओ र जेम्स रोड्रिगेज जस्ता खेलाडिको कारण पनि जुनसुकै टोलीलाई हराउने क्षमता भएको टोली हो । तथापी घाइते भएका कारण रोड्रिगेजले यो खेल खेल्न सक्ने वा नसक्ने त्यसको निधो भइसकेको छैन ।

    सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनल पुगेको कोलम्बीया यो संस्करणमा पनि सो उचाइ प्राप्त गर्न योग्य रहेको प्रमाणित गरिसकेको छ । यस खेलमा जित्नको लागि कोलम्बीयाले इंग्ल्याण्डको बलियो डिफेन्सलाई भत्काइ गोलहरु गर्नुपर्नेछ र यसको लागि रणनिती पनि तयार भइसकेको बताइएको छ ।

    अर्कोतर्फ समुह चरणको पहिलो २ खेल जितेको इंग्ल्याण्डले अन्तिम खेलमा बेल्जियमसँग पराजित भएको थियो । तथापी ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डको यस युवा टोलीले यो विश्वकपमा राम्रै सफलता हासिल गर्ने फुटबलका जानकारहरु बताउँछन् ।

    इंग्ल्याण्डले आजको खेल जितेमा विश्वकपको उपाधी जित्न बेर नलाग्ने विश्वास राखेको छ । त्यसमाथी प्रशिक्षक साउथगेटले इंग्ल्याण्डको यो युवा तथा खेल कौशलमा पोख्त टोलीले आफ्नो इतिहास आफैं लेख्ने मौका भएकाले सोही अनुसार गर्न खेलाडिहरुलाई आग्रह गरेको बताइएको छ । यस्तोमा यो टोली आजको खेलमा शत प्रतिशत दिन तयार रहेको छ ।

    हालसम्म खेलेको २ खेलमा ५ गोल गरेको ह्यारी केन अहिले विश्वकपको गोल्डेन बुटको प्रतिस्पर्धामा पनि छन् । उक्त बुटको लागि गोल सहित इंग्ल्याण्डको विजय निर्विकल्प शर्त हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…