• काठमाडौं, १९ असार । विश्वकप २०१८ अन्तर्गत सातौं नकआउट चरणको खेलमा क्वार्टरफाइनलमा पुग्ने अपेक्षा सहित स्वीडेन र स्वीट्जरल्याण्ड भिड्दैछन् । रसियाको सेन्ट पिटर्सबुर्ग शहरमा आयोजना हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ सुरु हुनेछ ।

    समुह चरणमा शानदार प्रदर्शन गरेका स्वीडेन र स्वीट्जरल्याण्डको लागि आजको खेलमा अवसर र चुनौति दुबै रहेको छ । समान स्तरमा यी दुई टोली मध्ये विजेताले आजको खेलमा इतिहास पनि बनाउनेछन् ।

    स्वीडेनले आज जितेको खण्डमा २४ वर्षपछि क्वार्टरफाइनल पुग्नेछ भने स्वीट्जरल्याण्डले ६४ वर्षपछि पहिलो पटक यो सौभाग्य पाउनेछ । यस्तोमा दुबै टोलीले उक्त अवसरको लागि आफुलाई योग्य रहेको प्रमाणित गरि सकेका छन् ।

    समुह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै विश्व फुटबल जगतलाई आफ्नो क्षमता देखाएको स्वीडेन उक्त जितपछि समुह विजेताको हैसियतमा नकआउट चरणमा प्रवेश गरेको हो । त्यस्तै ब्राजील जस्तो बलियो टोलीलाई बराबरीमा रोकेको स्वीट्जरल्याण्डले सर्बियालाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ ।

    तथापी स्वीडेनको लागि फाबियन स्केयर र स्टेफेन लिचस्टाइनरको कमी यो खेलमा महसुस हुनेछ । यि दुबै खेलाडि २ पहेंलो कार्डको कारण यो खेल गुमाउनेछन् । त्यस्तै स्वीट्जरल्याण्ड पनि सोही कारणले सेबास्चीयन लार्सनको अभावमै मैदानमा उत्रनेछ ।

    फिफाको वरियता हेर्ने हो भने स्वीडेनले यो प्रतियोगितमा जर्मनी रहेको समुहबाट नकआउट आउने सम्भावना देखिएको थिएन । डिफेन्समा बलियो देखिएको स्वीडेनले गोल गर्ने क्षमता मेक्सिकोसँगको खेलमा देखाइसकेको छ । यस खेलमा जितेमा अघि बढ्ने ग्यारेन्टी भएपनि स्वीडेनमा कम दबाव रहनेछ ।

    अर्कोतर्फ प्रतियोगितामा सामान्य सुरुवात गरेको स्वीट्जरल्याण्डलाई स्वीडेनको शारिरीक बलको आधारमा खेल्ने शैलीले समस्यामा पार्न सक्छ । सोही कारण पनि सुरुवात देखि आक्रामक खेल्नु पर्ने बाध्यता रहेको स्वीट्जरल्याण्ड यो खेलमा अलि बढि दबावमा हुनेछ ।

    फिफाको वरियतामा स्वीट्जरल्याण्ड अगाडि भएपनि पछिल्लो ९८ वर्षमा २९ पटक भिडेका यी दुई टोली मध्ये स्वीडेनले ११ पटक जितेको छ भने स्वीट्जरल्याण्डले १० पटक जितेको छ ।

    यी दुई युरोपियन टोली एकअर्काको खेलशैलीसँग अभ्यस्त भएकोले पनि आजको खेलमा विशेष र नौलो रणनिती हेर्न पाउने हुँदा यो खेल रोमाञ्चक हुने विश्वास गर्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…