काठमाडौँ,१९ असार । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ओली सरकारले सामन्तवादी चरित्र देखाएको भन्दै आक्रोस पोखेकीछन् ।
डा. गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्कीले विपन्न वर्गको हितमा आफ्नो अडान राखेका डा। केसीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएकीछिन् ।
‘डा। गोविन्द केसीको माग नाजायज हो रु हो भने सरकारले नाजायज हो भन्न सक्नुपर्थ्यो’ भन्दै ‘सरकार शोषक सामन्तीको लाइनमा गएकोउनको आरोप छ।
मुखले मीठा सैद्धान्तिक कुराकानी गर्ने, व्यवहारले सामन्ती बन्दै गएकोमा ओली सरकार प्रती आक्रोस पोखेकी हुन् । आफ्ना सन्तानको शोक व्यहोरेका कतिपय नेताहरुले वीर अस्पतालमा अनशनरत गंगामायाको पीडा नबुझेको भन्दै आपत्ति जनाइन्।
५ वर्षदेखि एउटा महिलाले न्यायको याचना गरिरहेको अवस्थामा गंगामायाको माग सम्बोधन नहुनु दुस्खद् भएको उनको भनाई थियो। हामीले इतिहासमा भीमसेन थापाकी पत्नी मरेकी भनेर पढियो, त्यो भन्दा विभत्स अवस्था हुनेछ।’
प्रतिपक्षमा रहँदा सुशासन र पारदर्शिताका कुरा गरेर नथाक्ने नेताहरु नै सत्तामा पुगेपछि निरंकुश बनेको उदाहरण पेस गर्दै उनले संविधानमै भएको व्यवस्थालाई सरकारले अतिक्रमण गर्न खोजेको छ उनी थप्छिन् ।
‘संविधानमा नै शान्तिपूर्ण रुपमा भेला हुन र विरोध गर्न पाइन्छ भन्ने व्यवस्था छ। जंगलमा गएर शान्तिपूर्ण रुपमा भेला हुनुपर्छ भनिएको होइन। सबैले सुन्ने ठाउँमा नै बोल्ने हो।’
चिकित्सा शिक्षा आयोगका तत्कालीन संयोजक केदारभक्त माथेमाले नेपालको स्वास्थ्य सेवा विपन्नको पहुँचमा पुर्याउन मेडिकल शिक्षामा सरकारी लगानी हुनुपर्ने बताए।
त्यसैगरि कार्यक्रममा अधिवक्ता ओम अर्यालले सरकारले अध्यादेशमा भएका सुधारका कामकारबाहीहरुलाई खारेज गरेर व्यापारी र व्यवसायीहरुको पक्षपोषण गरेको आरोप लगाए। माफियाको माग अनुकूल हुने गरी हालको प्रतिस्थापन विधेयक आएको उल्लेख गर्दै उनले एमबीबीएस र एमडीका कार्यक्रम मात्रै चिकित्सा शिक्षा आयोगमा राखेर बाँकीका हकमा मन्त्रालयभित्रै चलखेल गर्न खोजेको आरोप लगाए।