• स्वीडेन विश्वक फुटवलको क्वाटरफाईनलमा पुग्न सफल भएको छ । आज भएको खेलमा स्विट्जरल्याण्डलाई पाखा लगाउँदै स्वीडेन क्वाटरफाईनलमा पुग्न सफल भएको हो ।



    आज साँझ भएको खेलमा स्वीडेनले स्विट्जरल्याण्डलाई सुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । यो सँगै स्वीडने अन्तिम आठमा पुग्न पनि सफल भएको छ ।



    अब स्वीडेनले क्वार्टरफाइनलमा इंग्ल्याण्ड वा कोलम्बियासँग खेल्नेछ । यिनीहरुबीचको खेल केहीबेरमा सुरु हुनेछ । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा निर्णायक गोल गरेको हो । स्वीडेनका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए ।

     

    फोर्सबर्गले डी बक्सबाट प्रहार गरेको बल सजिलै गोलकिपर यन सोमरको हातमा जादै थियो तर बीचमा डिफेन्डर मान्युयल आकान्जीले रोक्न खोज्दा उनको खुट्टामा लाग्दै बलले पोस्टको माथिल्लो भागबाट जाली चुमेको थियो ।इमिल फोर्सबर्गले ६६ औं मिनेटमा स्वीडेनका लागि निर्णायक गोल गरेका हुन् । स्विडेनले सन् २००६ पछि पहिलोपटक विश्वकप खेलिरहेको छ ।

     

    हारपछि सन् १९५४ पछि विश्वकपको क्वाटरफाइनल पुग्ने स्विजरल्यान्डको सपना यसपटक पनि अधुरै रह्यो । प्रतियोगितामा यसअघि फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वाटरफाइनलमा पुगिसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…