• काठमाडौँ, असार १९ । नेपाली कांग्रेसका नेता गगन थापाले गोविन्द केसीमाथिको व्यवहार निन्दनिय भएको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै नेता थापाले गोविन्द केसीमाथि सरकारको व्यवहार राजा ज्ञानेन्द्रको निरंकुशता भन्दा कम नभएको बताए ।

    उनले चिकित्सा क्षेत्रको वेथिति अन्त्य गर्न सरकारले तत्काल डाक्टर गोविन्द केसीका मागहरु सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् । डाक्टर केसीले आफ्ना लागि आन्दोलन गरेको नभई नेपाली जनताको भलाईको लागि गरेको बताउदै जनताको पक्षमा सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए ।

    नेता थापाले केसीका माग जस्ताको तस्तै सम्बोधन गर्न सरकारसंग आग्रह समेत गरेका छन् । आन्दोलनको चौथो दिनसम्म पुग्दा डा.केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उनको उपचारमा सघाउन समेत सरकारसंग माग गरेका छन् ।

    https://www.youtube.com/watch?v=_gRvhrCh-Ms&feature=youtu.be

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…