• काठमाडौं । रुसमा जारी फिफा विश्वकपमा ब्राजिलले अन्तिम आठको स्थान सुरक्षित गरेको छ । सोमबार राति भएको अन्तिम १६ को खेलमा मेक्सिकोलाई हराउँदै ब्राजिलले अन्तिम आठको यात्रा सुनिश्चि गरेको हो ।

    ब्राजिलका स्टार स्ट्राइकर नेयमार भने आलोचनाको सिकार भएका छन् । पछिल्लो समय अतिरञ्जित फउल गर्ने गरेको भन्दै उनको आलोचना भइरहेको छ ।

    तर, मेक्सिकोविरुद्धको खेलपछि प्रतिक्रिया दिँदै नेयमारले आफूलाई आलोचनाको वास्ता नभएको जवाफ दिएका छन् । मेक्सिकोविरुद्ध एक गोल र एक असिस्ट गरेका नेयमारले खेलपछि प्रतिक्रिया दिँदै आफू विवादित बन्न नचाहेको तर आलोचनाको वास्ता पनि नभएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘म मेरो आलोचनाको वास्ता गर्दिन । पछिल्ला दुई खेलमा त मैले प्रेससँग बोल्न छाडेको छु ताकि कुनै विवाद सृजना नहोस् ।’ उनले देशको जितमा सहयोग गर्न चाहेको र आफूले त्यही गरिरहेका समेत बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…