• २० असार २०७५
    भीमराज अधिकारी, पथरी
    मोरङको निर्वाचन क्षेत्र नं. ३ का सामुदायिक विद्यालयका ४८ जना उत्कृष्ट विद्यार्थी सम्मानित भएका छन् । अनेरास्ववियु र अखिल क्रान्तीकारी विद्यार्थी संगठनको संयुक्त आयोजनामा आज पथरी बहुमुखी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सम्मान पत्रद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
    यस क्षेत्रमा रहेका ७ वटा विद्यालयहरु पञ्चायत मावि पथरी बाट १५ जना, जनता मावि पथरीबाट १ जना, जनकल्याण मावि कानेपोखरीबाट २ जना, जनसेवा मावि कानेपोखरीबाट १ जना, सुकुना मावि सुन्दरहरैँचाबाट २५ जना, जनता मावि बेलबारी राधानगरबाट १ जना र शिक्षा निकेतन मावि सुन्दरहरैँचाबाट ३ जना गरि ४८ जना विद्यार्थीहरुले ३.६ जिपीए भन्दा माथि ल्याएका थिए । सोही आधारमा उत्कृष्ट ठहर गर्दै ३.६ जिपीए भन्दा माथी ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको आयोजक कमिटिका सह संयोजक अनिल कार्कीले बताउनुभयो । उत्कृष्ट हुने ७ वटै विद्यालयहरुलाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।
    क्षेत्र नं. ३ क बाट निर्वाचित प्रदेश सांस्द राजकुमार ओझाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रदेश सांस्द कृष्ण कुमारी राई, पूर्व सांसद चण्डी प्रसाद राई, लालबहादुर सुस्लीङ् मगर, अनेरास्ववियु केन्द्रिय सचिव मकर खड्का, पथरी शनिश्चरे उप मेयर यमुना विष्ट बास्तोला, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, स्थानीय नेता गंगा सावाँ, गीता तिम्सीना लगाएत नेकपाका नेता कार्यकर्ता तथा अनेरास्ववियु र अखिलका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले देशको विकास गर्ने, आगामी दिनहरुमा यो समाज र देशकै नेतृत्व गर्न सक्ने क्षमता भएका मानिसको उत्पादन यहीबाट हुने विश्वास गर्नुभयो । देशलाई आवश्यक पर्ने दक्ष र नेतृत्वदायी भूमीका निर्वाह गर्ने जनशक्ति उत्पादन हुदै गर्दा अफु खसी भएको भन्दै सम्पूर्ण विद्यार्थीहरु तथा सम्मानित विद्यालयहरुलाई पनि शुभकामना व्यक्त गर्नुभयो ।
    विशिष्ट अतिथि एवं केन्द्रिय सचिव मकर खड्काले देशको विकासमा हरेक क्षेत्रबाट विद्यार्थीले नै सहयोग गर्नु पर्ने भएकाले नेतृत्व लिन तयारी अवस्थामा रहन सुझाव दिनुभयो । जहिले पनि विद्यार्थीको भूमिका हरेक हिसाबले अगाडी रहने बताउदै शुभकामना व्यक्त गर्नुभयो । २ वटा छुट्टा छुट्टै अवस्थामा रहेका यी अनेरास्ववियु र अखिल क्रान्तिकारी संगठनलाई पनि एकताको प्रकृयाका ल्याउने तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि यमुना विष्ट, राम कुमार बस्नेत, अतिथि गीता तिम्सीना, काजीमान अन्सारी लगाएतले मन्तव्य राख्नुभएके थियो । कार्यक्रम अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठन क्षेत्र नं. ३ ओ आयेजनामा सम्पन्न भएको कार्यक्रमको सभापतित्व क्षेत्रिय संयोजक प्रेम गौतमले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…