• गत असार ९ गते प्रकाशित सेकेण्डरी एजुकेसन एक्जाम (एसईई)को नतिजा प्रकाशन भएपछि १ नम्बर प्रदेशमा मोरङ पथरीशनिश्चरे नगरपालिका—१ स्थिति एभरेष्ट अंग्रेजी आवासीय माविमा चर्चामा रह्यो । माविबाट दुई जना विद्यार्थी आदर्श न्यौपाने र समिता रिजालले जीपीए—४ ल्याएपछि विद्यालयले एसईईमा नेपाल टप गरेको घोषणा गरे ।

    यो बर्ष मात्र होइन २०६९ सालमा सोही माविकी सलिना राईले ९२.७५ प्रतिशत अंक ल्याएर एसएलसी बोर्डमा पाँचौ स्थान ल्याउन सफल भएको थियो । २०४३ सालमा स्थापित स्कुलले २०५६ सालबाट एलएलसी परीक्षामा सहभागि भएको हो ।
    एभरेष्टमा अध्ययनरत विभिन्न विद्यार्थीहरूले ९० प्रतिशतभन्दा माथि अंक ल्याएर पास गरेका छन् । विज्ञान र व्यवस्थापनमा संकायमा कक्षा १२ सम्म पढाइहुने माविमा अध्ययनरत विद्यार्थी विज्ञानतर्फ पनि ८० प्रतिशतभन्दा माथि अंक ल्याएर पास गरेको रेकर्ड छ । विद्यालय सञ्चालक रविन कन्दङ्वासँग माविले ल्याउदै आएको नजिताको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।


    रविन कन्दङ्वा लिम्बू
    निर्देशक
    एभरेष्ट अंग्रेजी आवसीय मावि, पथरीशनिश्चरे—१, मोरङ

    एसईई परीक्षामा एभरेष्ट बोर्ड फष्ट भएको दावी गर्नुभयो, आधार के के हो र?

    उच्चतम अंक ल्याउने छात्र, छात्रानै बोर्ड फष्टहुने हो । हाम्रा दुई जना विद्यार्थीले जीपीए—४ ल्याएका छन् । यो उच्चतम अंक हो । फेरी हामीले यो पटक मात्र बोर्डमा आएका होइनौ । २०६९ सालमा हाम्री छात्रा सलिना राईले ९२.७५ प्रतिशत अंक ल्याएर एसएलसी बोर्डको पाँचौ भएकी थिइन । सलिनासँगै दिक्षा न्यौपानेले ९०.५, आस्मा पोख्रेलले ९०, सर्मिला राईले ८९ र पुजा कार्कीले ८८ प्रतिशत ल्याएका थिए । त्यसैगरी २०६६ मा विवेक कोइरालाले ९०.५, सन्दीप वनेमले ८९ र निर्मला सुवेदीले ८८ प्रतिशत अंक ल्याएर एसएलसी पास गरेका थिए । एसएलसीमा मात्र होइन विज्ञान विषयमा दिक्षा न्यौपानेले ७८, अल्का ढकालले ८२, पुजा कार्कीले ८०, अमता कार्कीले ७७, रविन थापाले ७६, किरण न्यौपानेले प्रतिशत अंक ल्याएर प्लस टु (११—१२) पास गरेका छन् । यो सबै उच्च अंक हो । एभरेष्टको बोर्ड फष्ट भएको आधारहरू यीनै हुन् ।

    बोर्डको व्यवस्था नै छैन, अनि किन दावी गर्नु भएको र?

    प्रकाशित समाचारलाई आधार मान्ने हो भने नेपाल भर ७४ जना विद्यार्थीले जीपीए—४ ल्याए । १ नम्बर प्रदेशमा पाँच जना विद्यार्थी मध्ये दुई वटा हाम्रो स्कुल मोरङ पथरीको एभरेष्टका विद्यार्थीले ल्यायो । अरुले गर्दा हामीले किन नगर्ने । हाम्रो आसपास मात्र होइन एक नम्बर प्रदेशमै उत्कृष्ट नजिता ल्याउनको लागि गन्तव्य मोरङको पथरी स्थित एभरेष्ट स्कुल हो भन्ने आधार तयार भएको छ । यो बिषय १ नम्बर प्रदेश कै गौरव बन्नु पर्ने हो ।

    यसरी नतिजा ल्याउनमा एभरेष्टमा के जादु छ र?

    जादु केही छैन । नतिजा राम्रो ल्याउन विद्यार्थीहरूका लागि विद्यालय र परिवारमा शैक्षिक वातावरण सही हुनुप¥यो । शिक्षक र विद्यार्थीको मिहिनेत, विद्यार्थीको शिक्षक माथिको विश्वास, विद्यालयको हौसला आदि पक्षले काम गर्छ । यही कुरालाई हामीले ध्यान दिएको कारण इतिहास दोहो¥याउदै आएका हौं ।

    पुरस्कार घोषणाले पनि काम गरेको हो र?

    हो । राम्रा विद्यार्थीलाई हौसला प्रदान गर्न पुरस्कार वा भौतिक उपहारको घोषणाले पनि काम गर्छ । मैले कक्षा १० को सेसन सुरूहुनु अघि नै जीपीए—४ ल्याउनेलाई लाख रुपैया नगद पुरस्कारको घोषणा गरेको थिए । घोषणा गरेअनुसार दुई जनालाई प्रतिविद्यार्थी लाख रुपैया र जीपीए—३.७५ कटाउने चार जना विद्यार्थीलाई ६० हजारसम्म नगद पुरस्कार वितरण गरिसके ।

    सरकारी र निजी विद्यालयले ल्याउने नजितामा फरक आउनुको कारण के होला र?

    शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध मुख्य कुरा हो । अभिभावकले छोराछोरी कस्तो पढ्दैछ । विद्यालयमा के के गर्दैछन जानकारी राख्नु पर्छ । शिक्षकले अभिभावकलाई छात्रछात्राको बारे जानकारी दिनुपर्छ । शैक्षिक वातावरण बनाउनु पर्छ । तर, सरकारी विद्यालयमा शिक्षक र अभिभावकको चिनजान नहुनु नै छात्राछात्राको लागि दुर्भाग्य हो । अर्को कुरा देशको गरीबिता अर्को कारण हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…