• काठमाडौं, २१ असार । गत निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद तत्कालका लागि केहि साम्य भएको छ ।

    सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहित शिर्ष नेताहरुको बैंठकले पार्टीभित्र देखिएको विवाद अन्त्य गरी सरकारका गलत क्रियाकलापको विरुद्धमा सशक्त आवाज उठाउने रणनीति बनाएको छ ।

    सरकार निरंकुश, स्वयच्छाचारी र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले संसद र सडकमा सरकारका गलत क्रियाकलापको संगठित भएर सामना गर्ने तयारी गरिरहेको छ ।

    गंगामाया अधिकारी र डा.गोविन्द केसीका माग पूरा गराउन पनि कांग्रेसले सरकारलाई सडक र सदनमा दवाव दिने बताएको छ ।

    बैंठकमा सरकारको कामकारबाही, संसदमा प्रभावकारिता, डा.गोविन्द केसी र गंगामाया अधिकारीको  अनशनका बारेमा छलफल भएको नेता बालकृष्ण खाणले जानकारी दिए ।

    सरकारले संविधान र ऐन विपरितका गतिविधि गरेको ठहर कांग्रेसको छ । हरेक ठाउँमा निषेधाज्ञा राखेर प्रदर्शनबाट ओली सरकार डराएको, गोविन्द केसी र गंगामाया अधिकारीको मागका बारेमा उदाशिन भएको आरोप कांग्रेसको छ ।

    सरकारले आफूलाई नागरिकका पक्षमा प्रस्तुत गर्न नसकेको भन्दै  कांग्रेसले सरकारका गलत कुरालाई अंकुश लगाउन दवाव दिन कुनै कसुर बाँकी नराख्ने बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…