• काठमाडौं,२२ असार ।  महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छन्।

    प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए।

    ‘निर्मला महिनावारी भएकाले पीडित युवती उनको साथी बस्न छाउगोठमा गएकी हुन्’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट निर्मलाकै योजनामा उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ।’

    प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा आएका थिए। त्यतिबेला पीडित युवती सुतेकी थिइन्। निर्मला पदमसँग बाहिर निस्किन्। जनक र चेतनले सुरुमा बलात्कार गरे।

    ‘निर्मला, उनका दाई जनक, चेतन र पदमसमेतको संलग्नता, मिलेमत्तो  र योजनामा बलात्कार घटना भएको पाइएको छ’ प्रवक्ता शर्माले भने, ‘हामीले सोही अनुसार जाहेरी लिएर अनुन्धान प्रक्रिया अघाडि बढाएका छौं।’

    प्रहरीका अनुसार छाउगोठ निर्मलाको घरदेखि १० मिटर टाढा छ। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ मा आइतबार राति १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो।

    प्रहरीका अनुसार पीडित किशोरीको यौनाङ्ग च्यातिएको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। नागरिकमा खबर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…