• उर्लाबारी /विगतदेखिको इतिहासलाई कायम राख्दै उर्लाबारीको सोलुसन इन्स्टिच्युटले यस वर्षपनि कोरियन भाषा परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
    एपिएस २०१७ मा उत्कृष्ट रहेको सोलुसनले सन् २०१८ मा पनि यस क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको हो । यस वर्ष ३५ प्रतिशत माथि रिजल्ट ल्याएर पूर्वी मोरङमै उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । दक्ष प्रशिक्षकद्वारा पढाइ हुने यस संस्थामा अध्ययन गरेका कोरियन भाषाका परीक्षार्थी मध्ये १७ जनाले उत्तीर्ण गरी कोरिया जाने अवसर प्राप्त गरेको निर्देशक सुमन अधिकारी बताउनुहुन्छ ।
    उहाँले भन्नुभयो ‘यो पूर्वकै राम्रो नतिजाका रुपमा हामीले महशुस गरेका छौं । विगत वर्षलाई निरन्तरता दिँदै उत्कृष्ट नतिजा आएकोमा उत्साहित भएको जनाउँदै निर्देशक अधिकारीले आगामी दिनमा झन् व्यवस्थित पठनपाठनको व्यवस्था मिलाउने बताउनुभयो । उत्कृष्ट नतिजा ल्याउनको लागि अनुभवी दक्ष एवम् कोरियन भाषा प्रशिक्षक विष्णुप्रसाद भण्डारीको योगदान समेत रहेको सोलुसनले जनाएको छ । 



    यस्तै, सीटीईभीटीबाट माध्यता प्राप्त भएकैले अब सन् २०१९ मा यहिँबाट स्किल टेस्ट सीप परीक्षण गरिने निर्देशक अधिकारीले जानकारी दिनुभयो । यसरी नै विश्व भाषा केन्द्रबाट नमुना पत्र प्राप्त गरी पटक पटक परीक्षा समेत लिइने उहाँले उल्लेख गर्नुभयो ।
    सोलुसनमा पूर्वी मोरङका उर्लाबारी, पथरीशनिश्चरे नगरपालिका तथा मिक्लाजुङ र कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका विद्यार्थी कोरिया भाषासहितका विषय पढ्नका लागि आउने गरेका छन् । हुने विरुवाको चिल्लो पात भने झै प्राविधिक शिक्षालयतर्फ छोटो अवधिमै फड्को मार्न सफल सोलुसन कम्प्यूटर एण्ड टेक्निकल ट्रेनिङ सेन्टर सिटिइभिटीको मान्यता प्राप्त संस्था हो ।
    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
    (सिटिइभिटी) स्तर निर्धारण महाशाखाले चार महिनाअघि तालिम कार्यक्रम सम्बन्धन र स्वीकृति प्रदान गरेको थियो । गत वर्ष सिटिइभिटीबाट कम्प्यूटर र मोबाइल सम्बन्धी तालिमको स्वीकृति लिइसकेको सोलुसनले यस पटक भने होटल व्यवस्थापनको स्वीकृति लिन सफल भएको हो ।
    पछिल्लो पटक होटल व्यवस्थापनतर्फ विद्यार्थीको आकर्षण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमै सो विषयको पढाइ हुने भएपछि ‘होटल म्यानेजमेन्ट’ का विद्यार्थीहरूमा उत्साह जागेको छ । दक्ष प्रशिक्षक, शान्त वातावरण, भौतिक स्रोतसाधन र आधुनिक शिक्षण विधिलाई अंगिकार गरेको कारण सोलुसन कम्प्यूटर एण्ड टेक्निकल सेन्टर धेरै विद्यार्थीको रोजाइमा पर्दै आएको छ ।
    सोलुसनका निर्देशक सुमन अधिकारीले भने ‘युग सुहाउँदो व्यवसायिक शिक्षा ग्रामीण बस्तीहरूसम्म पु¥याउन आफूहरूले सक्दो प्रयास गरिरहेका छौं ।’ गरिब, जेहेन्दार विद्यार्थीका लागि निःशुल्क सीप प्रदान गर्दै आएको सोलुसनले आगामी दिनमा प्राविधिक शिक्षाका नयाँ–नयाँ विषयहरू थप गर्दै जाने निर्देशक अधिकारीले पूर्वज्योतिलाई जानकारी दिनुभयो ।
    उर्लाबारीमा प्रधान कार्यालय
    रहेको सोलुसनले पथरीशनिश्चरे नगरपालिका क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर पथरीशनिश्चरे–१ मा शाखा विस्तार गरेको पथरी शाखाका प्रमुख सन्दिप बोहोराले बताउनुभयो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…