• काठमाडौं । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ ।  बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले श्रेष्ठको विशेष सुविधासहितको रातो पार्सपोर्ट खारेज गरेको हो । न्युज २४ टेलिभिजनबाट संचालित सिधा कुरा जनतासँगका संचालक रवी लामिछानेको अमेरिकी नागरिकताको बिषयमा प्रेस काउन्सिलले छानविन शुरु गरेपछि पत्रकार श्रेष्ठको रातो पासपोर्टको बिषय पनि विबादमा तानिएको थियो ।

    प्रेस काउन्सिलले सिधा कुरा जनतासँग कार्यक्रमका संचालक रवी लामिछानेको उजुरीमाथि  छानविन शुरु गरेपछि लामिछानेले पनि श्रेष्ठको रातो पासपोर्टको बिषय छानविन हुनुपर्ने माग गर्दै आएका थिए । बुधबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीको सिधा निर्देशनमा श्रेष्ठले लिएको रातो पार्सपोर्ट खारेजीको निर्णय गरेको हो ।  संयोग श्रेष्ठकी आमाको निधन भएकै दिन सरकारले उनको रातो पार्सपोर्ट खारेज गर्ने निर्णय गरेको छ ।

    तत्कालिन एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरा परराष्ट्रमन्त्री भएका बेला श्रेष्ठले रातो पासपोर्ट पाएका थिए । प्रेस काउन्सिलका अध्यक्षले रातो पासपोर्ट पाउने व्यबस्था भए पनि कार्यबहाक अध्यक्षले भने रातो पासपोर्ट पाउने व्यबस्था छैन ।छलफल डटकमबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…