• बागलुङ ।  मुस्ताङमा सडकका कामदार बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

    मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बेनी कोराला सडकमा काम गर्ने मजदूर चढेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

    बा २ क २२१९ नम्बरको टिपरमा मजदूरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा टिपर दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

    गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेना र एयर डाइनेटिरको हेलिकोप्टर आउँदै गरेको पौडेलले बताए।

    मृतकमध्ये १५ जनाको मात्र सनाखत हुन सकेको प्रहरीले बताएको छ।

    मृतकहरूको नामावली

    १.दाङ, वर्ष ३० को बाल कुमार घर्ती

    २. रोल्पा, वर्ष २८ को सुकमान रोका

    ३. धादिङ, वर्ष २३ को सुजन घलान (चालक)

    ४. सिन्धुली, वर्ष २०को जिवन माझी

    ५. कैलाली, वर्ष २२ को बिन्ती घर्ति

    ६. रोल्पा, वर्ष १९ को महेश रोका

    ७.कपिलवस्तु, वर्ष ३५ को कमान सिंह रोका

    ८. दाङ, वर्ष ३१ की कविता घाम। (महिला)

    ९. रोल्पा, वर्ष ३२ को रामकुमार पुन

    १०. दाङ, वर्ष ३५ को सुबेर चौधरी

    ११. कैलाली, वर्ष २३ की बिनिता घर्ती (महिला)

    १२. दाङ, वर्ष ४३ की शान्ती थापा ( महिला )

    १३. रोल्पा, वर्ष ३२ की सोन्तु घर्ती (महिला)

    १४. स्याङ्जा, वर्ष २४ को कृष्ण क्षेत्री

    १५. दाङ, वर्ष २५ को कमल बुढा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…