• पथरीशनिश्चरे २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा. रामशरण महतले नेकपाको सरकारले हावादारी गफ गरेर नेपाली जनतालाई ढाँटिरहेको बताउनु भएको छ । शुक्रबार जीपी कोइराला अध्ययन केन्द्रले पथरीमा आयोजना गरेको वर्तमान राजनीतिक सन्दर्भ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले चीनबाट केरुङ हुँदै काठमाडौं रेल ल्याउन कति रुपियाँ खर्च हुने अनुमान नै नगरी रेल ल्याउने सपना बाढेको बताउनु भयो । डाक्टर महतले भन्नुभयो – न बजेट छ , न कुनै योजना । चीनबाट नेपाल आउने रेलले आउँदा चिनियाँ उत्पादन ल्याउला , फर्कदा नेपालबाट के लान्छ भन्ने योजना नै छैन । रेल मार्गका लागि ७ सय अर्ब रुपियाँ आवश्यक पर्ने बताउँदै उहाँले भन्नुभयो – कुनै देशले उपहारका रुपमा रेल ल्याइदिने हो भने आपत्ति भएन, तर नेपाली र्कै खर्चले रेल आउन सक्दैन,यो सपना मात्रै हो । पूर्व अर्थमन्त्री समेत रहनु भएका महतले सरकारको आर्थिक नीति कांग्रेसले तयार गरेकै रहकेो उल्लेख गर्दै भन्नुभयो ‘बैदेशिक लगानी भित्त्राउन प्रधानमन्त्री ओलीले भारत र चीनसँग अनुरोध गर्नु कांग्रेसको जित हो । नीति र मुद्दा कांग्रेसले जितेको भएपनि सरकार दुई तिहाईको दम्भले लोकतन्त्र हरणको अभियानमा लागेको उहाँको भनाई थियो ।



    सरकार अधिनायक तर्फ उन्मुख – डाक्टर रिजाल

    अर्का केन्द्रीय सदस्य डाक्टर मीनेन्द्रप्रसाद रिजालले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताउनु भयो । उहाँले सरकार दुई तिहाईको धम्की दिएर मिडिया, न्यायालय,सेना ,पुलिसमा हस्तक्षेप गरिरहेको बताउँदै लोकतान्त्रिक संविधानको खिलापमा उत्रिएको बताउनु भयो । वर्तमान सरकारका शीर्ष नेताहरू आफू अनुकुल संविधान संसोधनको अभ्यासमा लागिरेको उल्लेख गर्दै उहाँले भन्नुभयो –यो सरकार वर्तमान संविधानको संरक्षण गर्न भन्दा पनि हत्या गर्न क्रियाशील देखिएको छ । उहाँले लोकतन्त्र र वर्तमान संविधानको रक्षा गर्न दुई वटा कम्युनिष्ट पार्टी मिल्नु नपर्ने बताउँदै उहाँले कम्युनिष्ट पार्टीको एकताले अधिनायकवाद लाई मार्ग प्रसस्त गरिरहेको उल्लेख गर्नुभयो ।



    सत्ता नहुँदाको सामान्य छटपटि -मोरङ सभापति लिम्बू

    मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले सधैं सत्तामा बस्ने कांग्रेस सत्तामा नहुँदा सामान्य छटपटिमा देखिएको बताउनु भयो । उहाँले राजनीतिमा गुट उप गुट सामान्य भएको बताउँदै सही कार्यकर्तालाई उचित जिम्मेवारी दिन सके पार्टी पूर्व अवस्थामा फर्कन सक्के उल्लेख गर्नुभयो ।



    चुरे दोहन आमाको हत्या सरह – प्रदेश सभा सदस्य सुयर्माराज राई

    मोरङ ३(१) का प्रदेश सभा सदस्य सुयर्माराज राईले चुरे दोहन गर्नु आमाको हत्या सरह भएको बताउनु भयो । राईले कार्यकर्ताहरूले कांग्रेस एक ढिक्का भएको हेर्न चाहेको बताउनु भयो । अर्का प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले एउटा चुनाब हार्दैमा कांग्रेसले आत्तिनु नहुने बताउनु भयो । उर्लाबारी नगरपालिकाका मेयर एवं मोरङ १ का क्षेत्रीय सभापति खड्ग फागोले चुनाव र पार्टीको महाधिवेशनमा मात्र कांग्रेस बनेर चुनाव नजितिने बताउनु भयो । उहाँले भन्नुभयो –चुनाव जित्नु भनेको लोकसेवा आयोग पास गर्नु होइन । हामी कहाँ चुनाव जित्दा आफूले जितेको र हार्दा अन्तरघात भएर हारेको भन्ने संस्कृतिको विकास भएको बताउँदै फागोले भन्नुभयो – भातृसंगठन परिचालन नगरि पार्टीलाई पूर्व अवस्थामा फर्काउन सकिदैन ।



    नेविसंघका केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले गिरिजाप्रसाद कोइराला जस्ता नेताको अभावले मुलुक अराजकता तर्फ उन्मुख रहेको बताउनु भयो । काफ्लेले भन्नुभयो–सर्वसत्तावाद नेविसंघले सहन सक्दैन । लोकतन्त्रको रक्षाका लागि सबै खाले अधिनायकवादका विरुद्ध नेविसंघले आन्दोलन गर्ने उहाँको भनाई थियो । कार्यक्रममा मोरङ कांग्रेसका सह सचिव एवं सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, मोरङ कांग्रेसका कोषाध्यक्ष गोपाल थापा, मोरङ ३ का क्षेत्रीय सभापति गणेश खड्का लगायतका वक्ताले बोल्नु भएको थियो । जीपी कोइराला अध्ययन केन्द्र मोरङका अध्यक्ष सुविन पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य ललित श्रेष्ठ,नेविसंघका सह महामन्त्री कृष्ण कार्की,विद्यार्थी नेता विक्रम लिँम्बू लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । गोरखा डिपार्टमेन्ट स्टोर पथरीको सभाहलमा भएको कार्यक्रममा होमनाथ पोख्रेलले स्वागत भाषण गर्नु भएको थियो भने राममणि बरालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…