• मस्को । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे र फ्रान्सबीचको खेलबाट क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्सले २ का बिरुद्ध ० गोलले उरुग्वेलोई खाता नै खोल्न नदिई घर फर्काइदिएको छ । रसियाको निझ्नी नोभगोरोद रंगशालामा क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने हुँदा उरुग्वेका तर्फबाट निकै नै आशा गरिएका स्वारेज चल्न नसकेपछि उसलाई कडा धक्का लाग्यो ।

    खेलको ४० मिनेटमा गोल गरेर खाता खोलेको फ्रान्सले खेलको ६१ औँ मिनेटमा गोल गरेसँगै सोही गोल नै निर्णायक बन्यो । फ्रान्सका लागी एन्टोनी ग्रिजमेनले फ्रान्सका लागी दोस्रो गोल गरेका हुन् ।उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो ।

    उरुग्वे र फ्रान्सबीच समग्रमा यसअघि आठ पटक खेल भएका छन् । जसमा उरुग्वे तीन खेलमा र फ्रान्स एक खेलमा विजयी भएका थिए । चार खेल बराबरी भएको थियो । जसमा उरुग्वेले फ्रान्सविरुद्ध आठ गोल गरेको छ भने चार गोल खाएको छ ।उरुग्वे र फ्रान्स विश्वकपमा चौथो पटक खेल्न लागेका भए पनि नकआउट चरणमा पहिलो पटक भेटिएका हुन् । सन् २००२ र २०१० मा विश्वकप समूह चरणमा भएको भेटमा गोलरहित बराबरी भएको थियो ।

    त्यसअघि विश्वकपमै सन् १९६६ मा भएको खेलमा उरुग्वे २—१ ले विजयी भएको थियो । पछिल्लो पटक सन् २०१३ मा भएको मैत्रीपूर्ण खेलमा पनि उरुग्वे १—० ले विजयी भएको थियो । जसमा लुइस स्वारेजले गोल गरेका थिए । फ्रान्स पनि सन् २००६ पछि विश्वकप सेमिफाइनलमा पुगेको छैन । त्यसबेला फ्रान्स फाइनलमा इटालीसँग पराजित भएको थियो । सन् १९९८ को विश्व विजेता फ्रान्स सबै गरेर पाँच पटक विश्वकप सेमिफाइनल पुगेको छ । फ्रान्स पछिल्लो पटक २०१४ मै क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…