• काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राती कजान एरेनामा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई २–१ ले हराएको हो । अब सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच भिडन्त हुनेछ ।

    पहिलो हाफमा नै दुई गोलले पछाडि परेको ब्राजिल खेलमा फर्कन नसक्दा पराजित हुन पुग्यो । खेलको १३औँ मिनेटमै ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डे ब्रुएनाले ३१औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारेका थिए ।

    दोस्रो हाफमा वैक्लपिक खेलाडी रेनाटो अगस्टोले ७६औँ मिनेटमा एक गोल फर्काएपनि त्यसले ब्राजिलका लागि खासै अर्थ राखेन । बेल्जियमले अब सन् १९९८ को च्याम्पियन फ्रान्सँग सेमिफाइनल खेल्नेछ। शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगिसकेको छ ।


    यसअघि बेल्जियम सन् १९८६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो। बेल्जियमले ब्राजिललाई पराजित गरेको ५५ वर्षयता यो पहिलो पटक हो भने विश्वकपमा पनि पहिलो पटक हो। सन् १९६५ मा भएको पहिलो खेलमै ब्राजिललाई पराजित गरेको बेल्जियम त्यसयता लगातार ३ खेलमा ब्राजिलसँग पराजित भएको थियो। विश्वकपमा यसअघि सन् २००२ मा भएको अन्तिम १६ को खेलमा ब्राजिलले बेल्जियमलाई २–० ले हराएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…