• काठमाडौं,२३ असार । सरकारले ७ प्रदेश प्रमुखले राजीनामा नदिए फिर्ता बोलाउने भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको कार्यकालमा २०७४ भदौयता भएका राजनीतिक नियुक्ति बदर गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णयपछि प्रदेश प्रमुखलाई राजीनामाको दबाब परेको छ ।

    बुधबार मध्यरातमा सरकारले यस्तो निर्णय गरेको थियो । प्रदेश प्रमुखले राजीनामा नदिएमा सरकारले राष्ट्रपतिलाई सिफारिस गरेर फिर्ता बोलाउने तयारी गरेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक नियुक्ति नै भएको भन्दै निश्चित समयभित्र प्रक्रिया पु¥याएर आवश्यक निर्णय गर्ने बताए ।

    ‘प्रदेश प्रमुख भनेको संघीय सरकारले आफ्नो प्रतिनिधि राख्ने हो, यो एक किसिमले हेर्ने हो भने राजनीतिक नियुक्ति नै हो,’ मन्त्री तामाङले राजधानीसँग भने, ‘यस विषयमा सरकारले पदीय गरिमालाई ख्याल गर्दै निर्णय लिन्छ ।’

    मन्त्री तामाङले सरकारको सिफारिसमा प्रदेश प्रमुख राष्ट्रपतिले नियुक्ति गर्ने भएकाले राष्ट्रपति कार्यालयसँग जोडिए पनि सरकारले आवश्यक प्रक्रिया पूरा गर्नेछ ।

    हाल प्रदेश प्रमुखहरू गोविन्द सुब्बा (प्रदेश १), रत्नेश्वरलाल कायस्थ (प्रदेश २), अनुराधा कोइराला (प्रदेश ३), बाबुराम कुँवर (प्रदेश ४), उमाकान्त झा (प्रदेश ५), दुर्गा खनाल (कर्णाली) र मोहनराज मल्ल (प्रदेश ७)मा छन् । याे खबर अाजकाे राजधानी दैनिकले लेखेकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…