• काठमान्डौ । अमेरिकामा एक अामाले अाफ्नै छाेराकाे गाेली हानी हत्या गरेकी छिन् । ९२ वर्षीया आमाले ७२ वर्षका छोराको गोली हानी हत्या गरेकी हुन् ।

    यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखका दिन भएकाे हो । पुलिसका अनुसार आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती अामाले रिस थाम्न नसकि छाेरालार्इ गाेली हानिदिइन् ।

    घटनापछि एना मे ब्लेसिंगले भनिन्, ‘तिमीले मेरो जीवन बर्बाद गरिदियौ, तिम्रो जीवन बर्बाद गरिदिने पालो मेरो ।’

    आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी एनाले र छोराको हत्या गरेपछि आफूपनि आत्महत्या गर्न चाहेको जानकारी दिइन् ।

    छोराले आफ्नी आमासँग बस्न मुश्किल भएको भन्दै उनलाई वृद्धाश्रम लैजान चाहन्थे । पुलिसका अनुसार घटना भएको दिन आमा ब्लेसिंग आफ्नो छोराको कोठामा छिरिन् ।

    बहसको क्रममा उनले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुईवटा गोली छोरामाथि दागिन् । पुलिस जब घटनास्थल पुग्यो तब उनको छोराको मृत्यु भइसकेको थियो ।

    त्यसपछि ब्लेसिंगले छोराकी ५७ वर्षीया प्रेमिकामाथि बन्दुक तेर्साइन् तर उनकी छोराकी प्रेमिका त्यहाँबाट भाग्न सफल भइन् र पुलिसलाई उक्त घटनाबारे जानकारी दिइन् ।

    पुलिस जब घटनास्थल पुग्दा ब्लेसिंग आफ्नो कोठाको एउटा कुर्सीमा बसेकी थिइन् । उनले पुलिसलाई यो अपराधका लागि आफूलाई मृत्युदण्ड दिनुपर्ने बताइन् ।

    उनीमाथि हत्या र अपहरणको मुद्दा दर्ता भएको छ भने जमानतका लागि अदालतले पाँच लाख डलर तोकेको छ ।बीबीसीबाट 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…