ए झरी!
तिमी पुन आएउ
सारा बाजो भिजाउन
अनि
लिएर आएउ तिमी सङै
उनका यादहरु
मलाई पुरै भिजाउन!
तिमी आउदा म खुब रमाउथे
लुगा खोली बलेसिमा भिज्न पुग्थे
ऐले पनि म भिज्ने गर्छु
तर
पैला रमाउन भिज्थे
ऐले आँसु लुकाउन भिज्छु।
तिमी सङ आएका
ति हावाको झोकाले
अक्सर मलाई उन्कै याद दिलाउछ
निधारमा आएका कपाललाई
कानमा लगेर सिउरिदा
म भुतुक्कै हुन्थे
तर ऐले ती हावाका झोकाले
म सङ मात्र पिरती गास्छन
अनि मलाई पिर यती दिन्छन
कलिला थोपा
जब
कलिलो मुनामा पर्थे
तब
तिम्रा र मेरा कलिला हातले
खेलौदै खेलौदै
कलिलो बालापन कटाएका थियौ
तर ऐले!
थोपा हरु छिप्पी सके
मुनाहरु
अनि हाम्रा हातहरु हुर्की सके
तर अझै पनि त्यो कलिलो बालापन
हुर्किन सकेन
सायद सानोमै सुकेनास लगेर होला!
सम्झिन्छु!
झरी पर्दा बलुटो माटोमा
तिमी आफ्नो पाहिलाका डोब बनाउदै बनाउदै हिड्थियौ
अनि म ती डोबमा आफ्नो पाउ
मिलाउदै पछि लाग्थे।
सयद त्यही दिन बाट म पछि परेको हुला!
तिमिलाई प्रेम गर्ने
र
तिमिबाट प्रेम लिने
प्रेमिल खेल खेल्न रुचाउथे म
तर तिमी!
मबाट प्रेम लिने
अनि
अरुलाई प्रेम दिने
घृणित खेल खेल्थेउ
तिमि निस्ठुरी होउ
म जति प्रेम त तीमिलाई
अरु कसैले गरेन
तर पनि
अरुको नाटकिय प्रेममा लोभिएर
मलाई छोडेर गएउ?
जाउ!
अब मलाई कुनै खेद छैन।
मैले त तिमी गएकै दिन
मायाघाटमा
तिम्रो कसमको पुल्ठोमा
मेरा बिस्वासको आगो सल्काई
तिम्रो बनावटी प्रेमलाई
मेरो घृणाको चितामा सुताई
दाग्बत्ती दिइसके।
जाउ!
अब मलाई कुनै खेद छैन!
मैले त हाम्रो मायाको किर्या पनि गरि सके
अनि १२ धोकेबाज प्रेमिहरु बोलाई
बर्षिक गरि मायापुराण पनि लगाई सके।
अब!
जब,
आकाश गर्जिन्छ
म आफ्नो कपाल काट्छु
अनि एक्छकी बार्छु।
अनि झरी परे लगत्तै
यादरुपी गुच्छामा
मायारुपि पिन्ड राखी
आसुरुपी पानीले तर्पण गर्दै
हाम्रो मायाको श्राद्द गर्छु।