काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेललाई कारागार चलान गरिएको छ ।
आइतबार सर्वोच्च अदालत समक्ष आत्मसमर्पण गरेका ६८ वर्षीय पौडेललाई आइतबार नै कारागार पठाइएको हो । धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्नेगरी पुनरावेदन अदालत हेटौंडाबाट भएको आदेश सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
पौडेललाई थुनामा राख्न कारागार कार्यालय डिल्लीबजारलाई भनिएको छ । छोराको हत्यामा सम्लग्नलाई कारवाहीको माग गर्दै गंगामाया अधिकारी वीर अःपतालमा आमरण अनशन बसेकी छन्। । उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा तीन वर्षअघि निधन भएको थियो ।