• झापा । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।
    समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आईतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।
    ससुराको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घरमा पुगेकी अमितालाई श्रीमान् तिलक सहित परिवारका सदस्यले गालीगलौज र दबाबसँगै हातपात गरी घरमा काजकिरिया गर्न वञ्चित गरेपछि स्थानीयवासी गौतम परिवारप्रति आक्रोशित भएका हुन् । हाल अमिता मेचीनगर–१० स्थित डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा कोराभित्र बसेकी छिन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…