• काठमाडौँ, २५ असार । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यसचिव बालकृष्ण घिमिरेलाई आइतबार ज्ञापनपत्र बुझाउँदै पत्रकारको न्यूनमत पारिश्रमिक रु ४० हजार निर्धारण गरिनुपर्ने माग गरेका हुन् । यसअघि श्रमजीवी पत्रकारको तलब न्यूनतम रु १९ हजार ५०० रहेको थियो ।

    ज्ञापन पत्रमा महासंघले राष्ट्र बैंकको पारिवारिक बजेट सर्वेक्षण, औसत पोषण, मूल्यवृद्धि, तथा तत्कालीन न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष खेम भण्डारी–समितिले प्रतिपादन गरेको सिद्धान्तलाई समेत ध्यानमा राखेर राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु ४० हजार हुनुपर्ने तथा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नहुने सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको पारिश्रमिक रु ३० हजार हुने गरी माग राखेको छ ।

    महासंघले पारिश्रमिक सिफारिस गर्दा तत्कालीन सुरेश आचार्य समितिले तय गरेको दरबन्दीको वर्गीकरण गरी सबै तहको न्यूनतम पारिश्रमिक प्रवेश तहको न्यूनतम पारिश्रमिकको अनुपातमै निर्धारण गर्नुपर्ने र न्यूनतम पारिश्रमिक पुनरावलोकन सिफारिश २०७५ साउन १ गतेदेखि लागू गर्न माग गरेको सचिव दाहालले जानकारी दिए ।

    यस्तै देशभर स्ट्रिन्जरका रुपमा कार्यरत श्रमजीवी पत्रकारलाई व्यवस्थित गर्न एउटै मिडियामा पाँच वर्ष निरन्तर काम गरिसकेका सबैलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउने व्यवस्था गर्नुपर्ने तथा पारिश्रमिक भुक्तानी महिना सकिएको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट भुक्तान गर्नुपर्नेसमेत माग गरेको छ ।

    यसैगरी, नयाँ पारिश्रमिक लागू भएसँगै सञ्चार प्रतिष्ठानले लागू गरेको प्रमाणित कागजात न्यूनतम पारिश्रमिक निर्धारण समिति वा प्रेस रजिष्ट्रारसमक्ष पेश गर्ने प्रावधान राख्नुपर्ने, सरकारले लागू गरेको मितिदेखि नयाँ पारिश्रमिक भुक्तान नगर्ने सञ्चारमाध्यमलाई कारबाही गर्न स्पष्ट व्यवस्था गर्नुपर्ने लगायतका माग महासंघको रहेको छ । कान्तिपुर दैनिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…