• टोकियो। जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितीका बीच नेपथ्यले टोकियो डोम सिटी हल मा आफूलाई प्रस्तुत गरेको छ । अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरुसमेत कन्सर्टमा सहभागी देखिन्थे । उनीहरु मध्येकै एक थिए जापानी तन्नेरी कियोहितो हानाइ । नेपालमा दुइपटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’  हानाइ भनिरहेका थिए,  ‘नेपथ्यलाई बारंबार यसरी नेपाल र जापानमा अनुभव गर्न पाउँदा मलाइ रमाइलो अनुभूति भइरहेको छ ।’ नेपाली भाषासमेत सिक्ने कोशिस गरिरहेका कियोहितो आफ्नो मुटुमा नेपालका निम्ति विशेष स्थान रहेको बताउँछन् । नेपथ्यका लगायत अन्य नेपाली गीतहरुले आफूलाई नेपाली भाषा र संस्कृति बुझ्न मद्दत गरिरहेको उनले सुनाए । कियोहितो कुनै दिन नेपाल पुगेर त्यतै बस्न पनि चाहन्छन् ।

     जतिबेला उल्लेख्य संख्यामा नेपाली तन्नेरीहरु कुनै हिसाबले जापान पुग्न चाहिरहेका छन् त्यतिबेलै कियोहितो चाहिँ नेपालप्रति आकर्षित हुनुको कारण के हो ?

    म नेपालीहरुले जस्तै जिन्दगी जिउन चाहन्छु,’ उनले भने, ‘जापानमा अवसर भएता पनि विहानदेखि बेलुकीसम्म घडी हेरेर मेशिनले जस्तो बाँच्नुपर्ने अवस्था छ ।आफू नेपाल पुगेका बेला त्यहाँका मानिस जीवनसँग नजिक रहेको र हाँसिखुशी बाँचेको देखेर प्रभावित भएको उनले सुनाए । सन् २०१५ मा महाभुकम्प गएपछिका तस्विरहरु संग्रहित नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो । ब्याण्डले उक्त भुकम्पकै ताकापुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो । तीन वर्षअघि हामी समवेदना बाँड्न तपाइहरुका सामु प्रस्तुत भएका थियौं,’ त्यस गीतको सन्दर्भ जोड्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपटक भने उमंग र उत्साह बाँड्न तपाइहरु सामु उभिएका छौं ।’ नेपथ्य स्थापनाको २५ वर्ष पुगेका अवसरमा रजत जयन्तीको खुशी साटासाट गर्ने क्रममा आफू जापानका दर्शकहरुको सामु उपस्थित भएको अमृतले उल्लेख गरे ।

    कन्सर्टत्यसपछि निरन्तर रमाइलो क्षणबाट गुज्रियो । ‘भेँडाको ऊनजस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका नेपथ्यका हिट गीतहरु ‘शिरफूल’  ‘कोशीको पानी’ सम्म प्रस्तुत भए । दर्शकदीर्घामा अमर गुरुङ पनि थिए । उनी आवद्ध संस्था तमुधिं जापानले सन् २०१५ को नेपथ्य कन्सर्ट आयोजना गरेको थियो । जापान बसेको २० वर्षमा मैले नेपालबाट आएका धेरै कार्यक्रम हेर्ने मौका पाएँ,’ उनी भनिरहेका थिए, ‘नेपथ्यले दिएको प्रभाव चाहिँ बेग्लै र स्तरिय रह्यो । प्रारम्भमा निकै उकाली ओह्राली बेहोरेको भएता पनि यसका मुख्य गायक अमृतले एउटा स्तरमा ब्याण्डलाइ निरन्तरता दिइरहेका छन् ।नेपथ्य विदेशमा बसेका नेपालीका ि नम्ति गर्वको विषय बनेको उनले सुनाए 

     जतिबेला नेपालमा मनसुन चलिरहेको छ त्यतिबेलै जापानमा बाढीको प्रकोप छ । अमृतले कन्सर्टकै बेला यो कुरालाई पनि जोडे । ठीक यतिबेला बाढीको प्रकोप हामीकहाँ पनि चलिरहेको छ,’ उनले भने, ‘जापानमा पनि पीडितहरुको अवस्था देखेर मलाई उत्तिकै नरमाइलो लागिरहेको छ।’ यो प्रकृति प्रकोप व्यवस्थापन गर्न जापानमा चालिएका कदमले आफूलाई प्रभावित पारेको उनले सुनाए । नेपालमा यो प्रकोपका बेला हाम्रा दाजुभाइहरुको ज्यानै गइरहेको छ,’ अमृतले भने, ‘कुनै दिन तपाइहरु नेपाल आएर जापानमा जस्तै प्रविधिको प्रयोगले उनीहरुको रक्षा गरिदिनुहुनेछ भन्ने कामना गर्छु ।’ रमाइलो कै बीच कन्सर्ट सामाजिक परिवेशमा प्रवेश गर्यो  ‘डा. गोविन्द केसीले उठाएका मुद्दाहरु यहाँ आएर पनि सुनाउनु पर्दा मलाइ एक किसिमको हिनताबोध र दुःख महशुस भइरहेको छ,’ उनले भने, ‘केसी मात्र होइनहामी सम्पूर्ण नेपालीहरु पटकपटक ठगीएका छौं ।’ एउटा सन्तजस्तो चिकित्सकले बारंबार अनसन बसेर ज्यान जोखिममा पार्दा यसले सम्पूर्ण नेपाली समाजलाई गिज्याएको उनले दुःखेसो पोखे । जतिबेला म टोकियोमा तपाइहरुका सामुन्ने गाइरहेको छु,’ उनले भने, ‘ठीक यतिबेला उनी १५ औं पटक नेपालीहरुको जीवनरक्षाका निम्ति भोक हडताल बसिरहेका छन् ।’ अमृतले त्यसपछि उनै डा. केसीको पक्षमा ऐक्यवद्धताको आव्हान गर्दै श्याम तमोटको गीत ‘गाउँ गाउँ बाट उठ’ प्रस्तुत गरेका थिए ।

    पछिल्लो समय जापानमा आयोजित नेपाली कार्यक्रमहरु मध्येकै यो सबैभन्दा ठूलो बन्न पुगेको छ,’ आयोजक समूह गोरेटो प्रोडक्सन्सका कृष्ण थापाले भने, ‘दर्शक सहभागिता मात्रै होइनटोकियो डोम सिटी हल जस्तो विश्व स्तरको कार्यक्रम स्थलमा ब्याण्ड व्यवस्थापनले समायोजन गरेको स्तरीय प्राविधिक संयोजन र ब्याण्डको अब्बल प्रस्तुतिले सबैको लागि अविश्मरणीय यस कार्यक्रमको आयोजक हुन पाएकोमा हामी हर्षित छौँ ।’विश्वका प्रतिष्ठित कार्यक्रम स्थलहरुमा नेपाली कार्यक्रम उभ्याउँदै हिँड्दा जापानमा पनि एउटा कोशेढुँगा कायम हुनपुगेको छ,’ नेपथ्यलाई व्यवस्थापन गर्ने नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘टोकियो डोम सिटी हल एउटा प्रतिष्ठित स्थान हो जहाँ नेपाली संगीत सुनाउन पाउँदा गौरव अनुभूति भएको छ 

    कार्यक्रममा विभिन्न पृष्ठभूमिमा जापान बसिरहेका नेपाली दर्शकको बाक्लो उपस्थितिमाझ जापानको लागि नेपालका राजदूत प्रतिभा राणा पनि थिइन्  “नेपालबाट यति टाढा रहेर नेपालको प्रतिष्ठित सांगीतिक समूह नेपथ्यको प्रस्तुति हेर्न पाउनु यहाँ उपस्थित समस्त दर्शकको लागि सुखद संयोग हो” राजदुत राणाले भनिन्   

    मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामाकिबोर्डमा सुरज थापाबेस गितारमा सुबिन शाक्यगितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

    कार्यक्रम सम्पन्न भएपछि नेपथ्यका अगुवा अमृत गुरुङले टोकियो कार्यक्रमको लागि धन्यबाद दिंदै ट्विट गरे‘धन्यबाद टोकियो ... कुनै समय ४२ दर्षक माझ प्रस्तुती दिनु परेको पिडा गाँसिएको यस महानगरमागतिलो ठाऊँमा व्यवस्थित प्रस्तुती दिने एकुन्ठो थियोटोकियो डोम सिटी हलमा आज पुरा भयो ... सबै आयोजोक  र्षकमा नेपथ्यको हार्दिक धन्यबाद । यस्तो माया पाउने हामी कस्तो भाग्यमानी’    । कन्सर्ट सफलताको साथ सम्पन्न भएपछि दस सदस्यीय नेपथ्य टोली जुलाइ १० तारिखका दिन स्वदेश फर्कने भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…