कविता
माया गर्नु भनेको जयगान गाउनु रहेछ घृणा गर्नु भनेको मुर्दावाद भन्नुरहेछ जे गरे पनि तिम्रै नाम आउँदो रहेछ । हावा रोकिएपछि सास फेर्नुको अर्थ छैन वाकवाकी हुन्छ उचालपछार हुन्छ र शान्त हुन्छ महाशुन्य । अहिले म तिम्रो जयगान पनि गाउँदिन मुर्दावाद पनि भन्दिन घृणाको पराकाष्टा यस्तो पो हुँदोरहेछ मेरो नजरमा तिमीले शीर ओढ्नु र नओढ्नुको अब कुनै अर्थ छैन मैले टेकेर देखेको देशमा तिम्रो कुनै मन्दिर छैन ।