• पथरी÷मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ बाट स्वास्थ्यमा प्रतिकुल असर पार्ने चौपाया पाल्न नपाइने र अव्यवस्थित सेप्टी ट्याङ्की व्यवस्थितहुने भएको छ ।

    नगरको वडा नम्बर १ स्थित पथरी बजार(घनाबस्ती भित्र)मा हालसम्म पनि स्वास्थ्यमा प्रतिकुल असर पार्ने बंगुर लगायतको चौपाय पाल्ने क्रम रोकिएको छैन् । पथरीको मुन्दुम चौक र विशाल चौकवीचमा पर्ने किरात मार्ग आसपासमा बंगुर लगायतको चौपाय पार्ने तथा शौचालयको सेप्टी ट्याङ्की पथरी पैनीमा लगाइन्दै आएकोले दुर्गन्ध रोकिएको छैन । घनाबस्ती भित्रै दुर्गन्धहुदै आएपछि किरात मार्ग र पथरी पैनीका उपभोक्ताहरूले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।

    उजुरी मार्फत पैनीमा सिद्धै लगाइन्दै आएको शौचालयको सेप्टी ट्याक्कीको पाएप बन्द गरिनुपर्ने, चौपाया बस्तीबाट हटाइनु पर्ने, पैनीको अतिक्रमित जमिन छाडिनु पर्ने र फोहर मैला पैनीमा लगाउन बन्द गरिनु पर्ने माग गरिएको थियो । सोमबार न्यायिक समितिको संयोजक तथा नगर उपप्रमुख यमुना विष्ट, वडा अध्यक्ष बाबुराम एङ्देन, पथरी पैनीका अध्यक्ष प्रेमबहादुर कार्की, सचिव केशव दाहाल, किरात मार्गका अर्जुन राई, पुष्प लामा, टेकेन्द्र लिम्बू, याम सुब्बा, सेप्टी ट्यङ्की अव्यबस्थित गर्दै आएका मध्ये मब देवान, तिलकसिंह लिम्बू, संजीव लिम्बू, जहरमान थलङ, ज्ञानु तामाङ लगायत छलफलमा सहभागी भएका थिए ।

    छलफलले सेप्टी ट्याङ्की तुरुन्त व्यवस्थित गर्ने, पैनीमा फोहर मैला नफाल्ने र चौपाया बस्ति भित्र नपाल्ने सहमति भएको छ । सहमतिलाई कार्यान्वयन नभएर नरपालिकाले कारबाही थाल्ने वडा अध्यक्ष बाबुराम एङ्देनले बताए । पैनि र किरात मार्गको जग्गा अतिक्रमण गरेर घर टहरा बनाएको बिषयमा भने न्यायिक समितिको संयोजक यमुना विष्टको टोलीले अनुगमन गरेर अतिक्रमित जग्गामा बनाइएका घरटहरा उटाउने सहमति भएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…