• असार २४, पथरी

    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न ८ मा रहेको केर्खा खोलामा पर्ने पक्कि पुल निमार्ण कार्य सम्पन्न भएको १ महिना नवित्दै वाढिको चपेटामा परेको छ ।

    नगरपालिकाको ४० लाख र स्थानिय उपभोक्ताको ६ लाख गरि कुल ४६ लाखको वजेटमा निमार्ण गरिको सो पक्कि पुल सामान्य वाढिको धक्कामानै पुलको किनारको भागमा रहेको पङखा भासिन थालेको हो ।

    मिलन चौक देखि दोहलु शुक्रवारे पश्चिम जाने बाटोमा बनेको सो पुल सामान्य वाढिका कारण पुलको उत्तरपट्टिको भागमा रहेको पश्चिम साईडको पङखा बाढिका कारण भासिन पुगेको छ ।

    बाटोको सतह देखिनै धरधरे लागेर सो पङखाको बाटो साईडको माटो बगाएपछि बाटोको सतहमा नै प्वाल परेर जादा पुलको साइडका भ्वाङ पर्ने खतरा वढेर गएको छ ।

    ४६ लाखको कुल वजेट भएपनि सो पुल ३९ लाखमा निर्माण समपन्न भएको बताउछन वाटो निमार्ण समितिका लेखा सयोजक टिका काफ्ले, उनि भनछन “ पुल निमार्णकै सुरुवाति दिनहरुवाट नै पुलमा विवाद सृजना हुदै जाने क्रममा स्थानिय उपभोक्ता र निमार्ण समितिका विचमा दोषारोपण र आरोप प्रत्यारोप हुदै जादा प्राविधिक स्टेमेटमा देखिएका कमि कमजोरि हरुलाई समवन्धि सरोकारवाल पक्षले ध्यान नदिदा पुलको निगरानिमा वेवस्ता भएको कारण आजको यो अवस्था सृजना आएको उनि बताउछन । उनि भन्छन– निमार्ण कार्य सम्पन्न भएको १÷२ महिनामानै यस्तो अवस्था आउनु एकदमै दुखद भएको उनको भनाई छ ” ।

    यस्तै गरि सो ठाँउका अर्का स्थानिय वासिन्दा तथा पुल निमार्ण अनुगमन समितिकाका सयोजक महेन्द« विष्ट भन्छन “स्थानिय उपभोक्ता लाई वेवस्था गर्दै पथरी र शनिश्चरेका होटलहरुमा वसेर सेटिङमा मिलेर निर्माण समिति र कामदार पक्षले आन्तरिक सहमतिमा मिलेमहतो गरि कमसल काम गरेका कारण पुल निमार्ण कमसल भएको उनि बताउछन”

    यस्तै “निमार्णको दौरानमा पनि पङखामा समस्या आएको बताउदै उनि भन्छन मैले नगरपालिका बाट आउनुभएका अनुगमन समितिका सयोजक तथा नगर उप प्रमुख यमुना विष्ट वास्तोला र नगरका प्राविधिक लाई सो समस्या देखादै अहिलेनै भत्तकीन लागेको यो पङखा र पुलको आयु कति भनेर वुझन खोज्दा प्राविधिकले धम्कीको शैलिमा पुलको आयु नहुने” बताएको उनि बताउछन । जनताले पटक पटक पैसा खर्च गर्न नसकने भएकाले अव निर्माण पक्ष र ठेकेदारले समपुर्ण जिम्मा लिएर पुलको मर्मत गरिनु पर्ने उनको माग रहेको छ ।

    अर्का एक स्थानिय ढक बहादुर विष्ट भन्छन “साविकको ४ र ५ न वडाका ५ सय घरपरिवारका स्थानिय वासिको प्रमख मार्गका रुपमा रहेको सो वाटोमा वनेको पुल भत्तकिने अवस्थामा पुग्दा सवै भन्दा वढि समस्या स्थानियलाई हुने हुदाँ सम्बधित निकायले ध्यान दिदै समस्याको समाधान गरिदिन आग्रह गरेका छन ।

    त्यस्तै पुलमा कुनै कमसल सामाग्रि र स्टेमेट भन्दा कम वा स्टेमेट भन्दा वाहिर गएर निर्माण गरेका कारण यो अवस्था सृजना नभएको , दैवि प्रकोपका कारण पुलको पङखामा समस्या उत्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष अर्जुन कार्की बताउछन ।

    प्राविधिक र स्टेमेटका हिसावले सहि हुदा हुदै पनि प्राकृतिक प्रकोपका कारण पुलमा समस्या आएको र सो समस्याका लागि नगपालिकामा वडाका तर्फवाट समस्या समधानका लागि गर्नुपर्ने सवै कामहरु अगाडि वढिसकेको वडाका अध्यक्ष वावुराम दाहाल बताउछन ।

    बर्षातको शुरुवातमै सामन्य बाढिकै कारण भत्कन थालेको सो पुल अब केही दिन निरन्तर पानी परेर अलि ठुलो बाढि आए पुल नै नरहला कि भन्ने ःथानियको चिन्ता रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…