• काठमाडौँ, २५ असार 

    रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ ।

    यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स(घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत(घरेलु मैदानमा तत्कालीन प जर्मनीलाई हराई १९६६को विजेता) )र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

    क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गयो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गर्यो ।

    सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

    त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ । पछिल्लो कालमा बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…