• विराटनगर । सुन तस्करी र उर्लाबारीका शनम शाक्य हत्या प्रकरणको मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका तीन जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् ।



    मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेसले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्ने, तीन जनालाई धरौटीमा छोडने आदेश दिएका हुन् ।

    जेल चलान हुनेमा काठमाण्डौ १६ स्वयम्भूका ५४ वर्षिय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षु बहादुर गुरुङ्ग, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमरा तिवारी र काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवाल पुर्पक्षको लगि मोरङ कारागार चलान भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

    त्यस्तै उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्त कुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, र दोलखा चरिकोट १ का ४३ वर्षिय मोतीराम श्रेष्ठ जनही १ लाख रुपैयाँ धरौटिमा छोडने आदेश दिएकोे जिल्ला अदालत मोरङले जनाएको छ ।
    प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

    सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…