• काठमाडौं, २६ असार । यही महिनामात्रै पूर्वयुवराज पारस शाहका विभिन्न कमजोरी र गल्ती बाहिर आएका छन् । उनी सुध्रिन थालेको बताइए पनि सार्वजनिक ठाउँमा उनले हर्कत देखाउन छाडेका छैनन् ।

    बाबु पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउनका लागि नेपालगञ्ज जाँदै गर्दा उनको हर्कत देखिएको थियो । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’, पूर्वमहानिरीक्षक हेमबहादुर सिंहका छोरा गेरु बस्त्रधारी प्रभञ्जन सिंहसँगै बाबु ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन नेपालगञ्जतिर लाग्ने क्रममा भैरहवामा देखिएका थिए उनी ।

    उनले नागरिक तथा पत्रकार भेटघाटका क्रममा सार्वजनिक कानुनको खिल्ली उडाए । अर्थात्, सार्वजनिक कार्यक्रममा चुरोटका तीन खिल्ली उडाए । कुलतबाट जीवनको लयमा फर्किरहेका र परिवारसँग पनि राम्रो सम्बन्ध बनाउन थालेका पारसको यो हर्कतले उनको आनीबानीका पूर्ण सुधार नआएको प्रस्ट देखाउँछ ।

    कपाल पालेका पारस रातो बस्त्रमा देखिएका थिए । साधुको भेषमा राजाको वकालत गर्दै हिँडेका पारस यस अघि धेरै पटक चरेश काण्डमा परिसकेका छन् ।

    यहाँसम्मकी थाइल्यान्डमा उनी चरेश काण्डमै पक्राउ परेका कारण छुटाउन पत्नी हिमानी शाहसम्म पुगेकी थिइन् । अहिले हिमानी र पारसको सम्बन्ध सुधारोन्मुख बताइए पनि एक साथ बस्ने गरेका छैनन् ।

    राजतन्त्रको सक्रियता बढेका बेला विभिन्न उदण्डताका कारणले नै पारस आलोचित थिए । झैझगडा र लफडामा फँसिरहने पारस पछिललो पटक कांग्रेस नेत्री सुजाता कोइरालाका विवादीत बंगलादेशी ज्वाँई रुबेल चौधरीसँग चितवनमा भएको झगडाका कारण झनै विवादमा फँसेका थिए । जनप्रहार साप्ताहिकले समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…