• सुरुङ्गा, झापा, २६ असार ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ ।
    सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

    यसैबीच बाह्रदशी गाउँपालिका–६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको छ । बिर्तामोडबाट घर जाँदै गरेका राजवंशीले चलाएको को २९ प ४४६९ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

    यसैगरी दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…