• काठमाडौं, २६ असार । प्रहरीले चासो नदेखाउँदा टोल–टोलमा जुवा अखडा फस्टाउन थालेका छन् । राजधानीलगायत देश भर रहेका क्यासिनो तथा मिनी क्यासिनामा नेपाली प्रवेशलाई कडाई गरेपछि क्यासिनो शैलीमा जुवा खेलाउनेको समूह राजधानीमा सक्रिय हुँदै आएको छ ।

    यस्तो समूहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनका उच्च अधिकारीको समेत संलग्नता हुन गरेको समाचार बााहिरिँदै आएको छ । क्यासिनोमा नेपाली जुवाडेको प्रवेशमा प्रहरी आक्रमक रूपमा प्रस्तुत हुन थालेपछि क्यासिनोकै शैलीमा घरमा मिनी क्यासिनो नामक जुवा अखडाहरू सञ्चालन गर्ने यस्ता समूह सक्रिय भएका हुन् ।

    क्यासिनो कै सुविधा सहित यस्ता मिनी क्यासिनो अहिले उपत्यककामा पाँच दर्जनका हाराहारामी रहेको स्रोत बताउँछ । ति मध्ये एक चल्तीको अखडा ललितपुरको सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तको पछाडी रहेको छ । जहाँ नेपाली सेनाका बहालवाल जर्नेल होमप्रसाद लावती समेत जुवा खेल्न पुग्ने गरेको अन्य जुवाडेले बताएका छन् ।

    आशा लिम्बुको नाममा रहेको उक्त घरमा दैनिक जसो करोडौं रूपैंयाको जुवा खेल हुँदै आएको छ । यसबारेमा ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐर र सातदोबाटोका प्रहरी जानकार भए पनि मोटो रकम हाता लागेपछि ति प्रहरी आँखा चिम्लिदैएका छन् ।

    जर्नेल लावतीको संरक्षणमा टाखेलका लवकुमार बस्नेत, कोटेश्वरका सुशील न्यौपाने र प्रकाश पन्तले जुवा खेलाउँदै आएका छन् । यो समूहले कहिले कोटेश्वर, कहिले सातदोबाटो त कहिले जर्नेल कै निजी निवासमा समेत जुवा खेलाउने गरेको छ । बस्नेतलाई नेपाली सेनाका जर्नेल होमकुमार लावतीले संरक्षण गर्दै आएका छन् । बस्नेत पनि सेनाका पूर्व हबल्दार हुन् ।

    उता टोले गुण्डा घवाश्याम महर्जनले पनि उक्त जुवा अखडाबाट हप्ता खादै आएका छन् । जुवा अखडा बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म सञ्चालन हुँदै आएको जानकारहरू बताउँछन् । दैनिक ५० देखि ६० लाखसम्म हारजित हुने उक्त जुवा अखडाबाट बस्नेतले १० लाख जति कमिशन उठाउँछन् ।

    उक्त रकम टोले गुण्डादेखि ललितपुर परिसरका प्रमुख एसएसपी ऐरले भाग शान्ति गर्दै आएका छन् । बालुवा व्यापारी अष्ट लामा, मुर्ती व्यापारी नन्द मर्हजन, शेयर कारोबारी मीनबहादुर राउत, हार्डवेयर व्यापारी सचिन मर्हजन र सेनाका जर्नेल लावती उक्त जुवा अखडाका भिआइपी जुवाडे हुन् ।

    अखडा सञ्चालक बस्नेतले प्रिपेड जुवा अखडाको शैलीमा कहिलेकाँही धापाखेलको धापा हाईटस्थित जर्नेल लावती कै घरमा समेत जुवा खेलाउँदै आएको स्रोतको दाबी छ । क्यास नहुने जुवाडेलाई बस्नेत र जर्नेल लावती आफैंले जग्गा बैनाको कागज र चेक लिएर जुवा खेल्ने पैसा उपलब्ध गराउँदै आएको स्रोतको दाबी छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…