• काठमाडौं, असार २६ । संघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्दैछ । संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि हिजो मात्र गठन भएको समितिको पहिलो बैठक मध्यान्न १२ बजेका लागि बोलाइएको छ ।

    पहिलो बैठकको सभापतित्व राजपा सांसद लक्ष्मणलाल कर्णले गर्नुहुनेछ । समिति सदस्य योगेश भट्टराईका अनुसार, प्राथमिकताका आधारमा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजदूतहरुको सुनुवाइ सम्बन्धित पक्षको सिफारिसका आधारमा तय गरिनेछ ।

    प्रधानन्यायाधीशका लागि दिपकराज जोशीको नाम सिफारिस भएपनि समिति नबन्दा अघि बढ्न सकेको थिएन । सम्भवतस् पहिलो बैठकले आजै उहाँको सुनुवाइ प्रक्रिया अगाढि बढाउने सांसद भट्टराईले बताउनुभयो ।

    प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ गरी १५ सदस्यीय समितिमा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुन मन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।

    प्रतिनिधिभाको हिजोको बैठकले नेकपाबाट भट्टराईसहित सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, शिवकुमार मण्डल, निरुदेवी पाल र पार्वत गुरुङ, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुषाल, राजपबाट कर्ण र संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

    राष्ट्रिय सभाले भने समितिमा जितेन्द्रनारायण देव, सुमन प्याकुरेल र नन्दा चपाईंलाई पठाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…