• काठमाडौं, २६ असार । विश्वकप २०१८ अन्तर्गत सेमिफाइनलको दोश्रो खेलमा इंग्ल्याण्ड र क्रोयसिया यो खेल जित्दै फाइनलमा पुग्न आतुर छन् । रसियाको राजधानी मस्कोमा आयोजना हुने यो नेपाली समय अनुसार मंगलबार राती ११ः४५ सुरु हुनेछ । यस खेलको विजयी टोलीले फाइनलमा स्थान बनाउने छ भने हार्ने टोलीले तेश्रो स्थानको लागि थप एक खेल खेल्ने मौका पाउनेछ ।

    समुह चरणमा अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजित गर्दै अगाडि बढेको क्रोयसियाले प्रि क्वार्टरफाइनलमा डेनमार्कलाई र क्वार्टरफाइनलमा रसियालाई हराएपछि सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । अप्रत्याशित जस्तो देखिए पनि क्रोयसियाली फुटबलको यस ‘गोल्डेन जेनेरेसन’ ले यस्तो सफलता हात पार्ने अनुमान विश्व फुटबलले पहिले नै गरिसकेको थियो ।

    तथापी क्रोयसियाले यस प्रतियोगितमा गल्ती रहित खेल खेलेको भने होइन । पछिल्ला दुई खेलमा निर्धारित ९० मिनेटमा खेलको टुंगो नलागि अतिरिक्त समयमा गइ अन्ततः पेनाल्टीबाट मात्रै खेलको नतिजा निस्केको तथ्यले क्रोयसियालाई यस खेलमा मद्दत गर्नेछैन । इंग्ल्याण्ड विरुद्ध जित निकाल्नको लागि क्रोयसियाको अग्रपंक्तिले विशेष जिम्मेजारी लिइ गोल गर्नुपर्नेछ । त्यसमाथि गोलकिपर ड्यानियल सुवासिच घाइते भइ सेमिफाइनल खेल्न नसक्ने भएकोले क्रोयसियालाई तनाव भएको छ ।

    अर्कोतर्फ पछिल्लो २ दशक औसत फुटबल खेलेको इंग्ल्याण्डले प्रशिक्षक ग्यारेथ साउथगेटको योजनामा युवा तथा सिपयुक्त टोलीको संमीश्रणले २८ वर्षपछि इंग्ल्याण्डलाई सेमिफाइनल पु¥याएको छ ।

    समुह चरणमा बेल्जियमसँग १–० ले हारेपनि यस प्रतियोगितामा इंग्ल्याण्ड हाल सम्म भाग्यमानी साबित भइराखेको छ । प्रि क्वार्टरफाइनलमा कोलम्बीया र क्वार्टरफाइनलमा स्वीडेनको चुनौति पन्छाएको इंग्ल्याण्डले अहिले सम्म विश्वकप जितेको राष्ट्रको सामना गर्नुपरेको छैन । यस्तोमा क्रोयसियासँगको चुनौति पनि इंग्ल्याण्डको लागि सहज अवस्था हो ।

    त्यस्तैगरी टोलीमा रहेका सबै खेलाडि फिट रहेकोले पनि इंग्ल्याण्डको लागि रणनिती बनाउन सजिलो भइरहेको छ । ह्यारी केन गोल्डेन बुटको दाबेदार भएकोले पनि उनिबाट इंग्ल्याण्डले थप गोलको आशा राख्नेछ । तर यस प्रतियोगितामा इंग्ल्याण्डले खुला खेलबाट भन्दा पनि पेनाल्टी, कर्नर र फ्रि किकमा बढि गोल गर्न सकेको तथ्य इंग्ल्याण्डको प्रतिकुल छ ।

    बलियो डिफेन्स भएको क्रोयसियासँग पनि गोल गर्ने मौकाहरु सिर्जना गर्न नसकेको खण्डमा थ्रि लायन्स को फाइनल पुग्ने सपनामा तुषारापात हुन बेर लाग्दैन ।

    आजको खेल क्रोयसियाले जितेमा क्रोयसियाको पहिलो विश्वकप फाइनल हुनेछ भने इंग्ल्याण्डले जितेमा दोश्रो फाइनल यात्रा हुनेछ । इंग्ल्याण्ड यसअघि सन् १९६६ मा विश्वकप फाइनल पुगी उपाधी नै जितेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…