• काठमाडौं, २६ असार । विश्वकप २०१८ अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा फ्रान्स र बेल्जियम फाइनलमा स्थान बनाउने लक्ष्य सहित रसियाको सेन्ट पिटर्सबुर्ग स्टेडियममा उत्रदैछन् । नेपाली समय अनुसार मंगलबार राती ११ः४५ सुरु हुने उक्त खेलको विजयी टोलीले फाइनलमा स्थान बनाउने छन् भने हार्ने टोलीले तेश्रो स्थानको लागि थप एक खेल खेल्ने मौका पाउनेछ ।

    ४ वर्षको अन्तरमा विश्वकै फुटबलमा उत्कृष्ट ३२ राष्ट्रले खेल्ने विश्वकपको फाइनलमा पुग्नु हरेक राष्ट्रको लागि गौरवको विषय हो । अझ विश्वकपको ट्रफी नै जित्नु भनेको फुटबल खेल खेल्ने हरेक व्यक्तिको सपना पनि हो । यस्तोमा दुई बलिया युरोपेली राष्ट्र विश्वकप जित्ने गौरव हात पार्न आफ्नो तर्फबाट तयार भइसकेका छन् । समुह चरण देखि क्वार्टरफाइनसम्म विभिन्न प्रतिस्पर्धाबाट सेमिफाइनलसम्म आएका यि दुई बलिया राष्ट्र मध्ये फाइनलको हकदार कुन भन्ने कुरा अहिले चर्चाको विषय भएको छ ।

    यस प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित रसिया आएको डिडियर डेशच्याम्पसको प्रशिक्षणमा रहेको फ्रान्सले समुह चरणको पहिलो दुई खेलमा शानदार प्रदर्शन गरेको भएतापनि समुह चरणको अन्तिम खेलमा डेनमार्कसँग बराबरी खेलेर विश्वकपको उपाधि जित्ने यात्रामा प्रश्न खडा भएको थियो ।

    यस्तोमा क्वार्टरफाइनलमा अर्जेन्टिनालाई हराइ पुनः विश्वकपको दाबेदारीमा लेस ब्लुज ले बल पुराएको थियो । उक्त खेलमा ४–३ गोल अन्तरले हराएपनि उक्त खेलमा फ्रान्स अर्जेन्टिनाको तुलनामा हरेक क्षेत्रमा अब्बल देखिएको थियो । तर क्वार्टरफाइनलमा उरुग्वेसँग औसत प्रदर्शन गरेको फ्रान्सले प्रतियोगितामा देखाएको उतारचढाव यो खेलमा महँगो साबित हुन सक्छ ।

    डेनमार्क र उरुग्वेसँग देखिएको फ्रान्सको कमजोरीलाई बेल्जियमले लाभको रुपमा प्रयोग गरेमा आजको खेल फ्रान्सको लागि प्रतियोगिताकै कठिन खेल हुने कुरामा दुइमत छैन ।

    ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएपछि फ्रान्सलाई यस विश्वकपको दाबेदार मानिएको छ । यस्तोमा सेमिफाइनलको यस खेलमा प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोलीसँग खेल्नुपर्नेमा फ्रान्सको प्रदर्शन कस्तो रहला भन्ने हेर्न धेरै समय कुर्नुपर्ने छैन ।

    अर्कोतर्फ पछिल्लो २४ खेलमा अपराजित रहेको रोबर्टो मार्टिनेजको बेल्जियमले विश्व फुटबलमा सकारात्मक छवि बनाइसकेको छ । बेल्जियमको यस ‘गोल्डेन जेनेरेसन’ टोलीबाट हालसम्म गरिएका अपेक्षा सबै पुरा भएको छ ।

    यस प्रतियोगितामा ठुलो गोल अन्तरको जित, बलियो टोली विरुद्ध जित, खेलमा पछि परेको अवस्थाबाट पनि जित निकाल्न सक्षम देखिएको बेल्जियमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । प्रि क्वार्टरफाइनलमा जापानसँग धर्मर प्रदर्शन गरेतापनि क्वार्टरफाइनलमा बलियो टोली ब्राजिललाई पन्छाएर सेमिफाइनल आएको बेल्जियमले यस प्रतियोगितामा अब हराउन नसक्ने टोली कुनै छैन ।

    सन् १९८६ पछि पहिलो पटक सेमिफाइनल पुगेको बेल्जियमले थप उचाइ प्राप्त गर्न पनि आजको खेलमा फ्रान्सलाई हराइ अघि बढ्ने लक्ष्य लिएको छ । यस विश्वकपको ५ खेलमा शत प्रतिशत नतिजा निकालेको बेल्जियमको शसक्त पक्ष भनेको सामुहिक प्रदर्शन नै हो । कुनै एक खेलाडिको भरमा मात्र नपरेको बेल्जियम हाल विश्व वरियता ३ नम्बरमा रहेको तथ्यलाई अहिले सम्मको प्रदर्शनले न्याय गरेको छ ।

    तर दुईवटा पहेंला कार्डको कारण सेमिफाइनल खेल गुमाएका थोमस मुन्एरको अभाव रेड डेभिल ले आजको खेलमा महसुस गर्नेछ । यसको विपरित फ्रान्स ब्लेस मतुइदीको पुनरागमनले हर्षित छ । त्यस्तैगरी बेल्जियम रोमेलु लुकाकु र एडेन हेजार्डको प्रदर्शनको कारण सन्तुष्ट छ भने फ्रान्स पनि किलियन एम्बाप्पे र आन्त्वान ग्रिजमानको प्रदर्शनले हौसिएको छ ।

    आजको यस महत्वपूर्ण खेलको ९० मिनेटमा आजको मिति सम्म सिकेका सबै शिपहरुलाई फुटबल मैदानमा उतार्न सक्ने टोलीले विश्वकपको फाइनलमा स्थान बनाउनेछ पनि गल्ती गर्ने टोलीले पुनः यो मौका पाउन लामो समय कुर्नुपर्नेछ ।

    त्यस्तै यि दुई राष्ट्र हालसम्म ७४ खेलमा भिडेकोमा बेल्जियमले ३० खेलमा जित हात पारेको छ भने फ्रान्सले २४ खेलमा जितेको छ । यो तथ्यांक पछिल्लो ८ दशक देखिको भएपनि पछिल्लो तथ्यांकमा बेल्जियमको तुलनामा फ्रान्स बलियो राष्ट्र हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…