• काठमाडौं ।

    संयुक्त राष्ट्र संघ आदिवासी मामिलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीले आदिवासी जनजातिको मुद्धालाई राज्यले सम्बोधन गर्न नसकेको बताउनुभएको छ । रातोकलम अनलाईन टिभिसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, विश्वका आदिवासी जनजाति आफ्नो हक अधिकारबाट अहिले पनि बञ्चित हुनु परेको अवस्था छ । आदिबासी जनजातिमध्ये थारूलाई मात्र लाग्ने सिकलसेल र त्यसको निदानको विषयलाई समेत उठाउन चौधरीलाई सुझाव दिनुभयो ।

    चौधरीले संसारभरिका आदिवासीहरु पृथ्बीका मूल आदिवासी भएको बताउनुभएको छ । उनीहरुलाई जल, जंगल र जमिनको अधिकार दिन संयुक्त राष्ट्रसंघका सदस्यीय राष्ट्रहरुले घोषणा पत्रमा प्रावधान गरिएका सम्पूर्ण अधिकारको धारालाई पूर्णरुपमा लागू गरेमात्र आदिवासीहरुको अधिकार सुनिश्चित हुने बताउनुभयो ।

    ‘विश्वका आदिवासीहरु खास गरेर जमिनको भूमिसम्बन्धी समस्या भोगिरहेका छन्,’ उहाँले सम्बोधनको क्रममा भन्नुभयो । हालसालै भारत भ्रमणमा देखिएको भूमिसम्बन्धी समस्यालाई सबै सरोकारवालालाई ध्यान पुर्याउने आवश्यकता रहेको औंल्याउनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…