• २६ असार २०७५
    भीमराज अधिकारी, पथरी

    साझेदारी वन कार्यक्रमले वन विकास र व्यावस्थपनमा महत्वपुर्ण भुमीका खेलेको
    सरोकारवालाले वताएका छन् । वेलवारी चिसाङ साझेदारी वन वेलवारीले
    मंगवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै जिल्ला वन कार्यालय
    मोरङका अधिकृत डा. विनोद देवकोटाले साझेदारी वन कार्यक्रमले अहिलेका
    लागी नभइ भावी पुस्ता सम्मका लागी वन संरक्षणका लागी काम गर्ने बताए । उनले भने साझेदारी वनका चुनौती धेरै भए पनि यसले सरकारलाई राजस्व संकलनमा प्रत्यक्ष सहयोग गर्ने वताए ।

    १ नम्वर प्रदेशमा ४ वटा मात्र साझेदारी वन रहेको र ति चारैवटा वन मोरङ पर्ने देवकोटाको भानाइ छ । सामुदायीक वनको प्रत्यक्ष उपभोग गर्न नपाएका समुदायलाई साझेदारी वनमा समेटीएको छ । सझेदारी वनमा पनि वैज्ञानिक वन कार्यक्रम सुरु गरिएको अधिकृत देवकोटाले जानकारी गराए । वैज्ञानिक वनको सुरुवात गरिए पनि वन संरक्षणमा थप टेवा पुगेको उनको तर्क थियो । मोरङमा जम्मा १३० वटा सामुदायिक वन रहेकामा हाल २४ वटा वैज्ञानिक वन व्यवस्थापन थालिएको छ । साझेदारी र सामुदायीक वनमा लागु भएको वैज्ञानिक वन व्यावस्थापन कार्यक्रमका वारेमा प्रचार प्रसार कम भएका कारण नकारात्मक भ्रम फैलिएको उनले वताए । सभाषद र मन्त्रीले नै नवुझेर वैज्ञानिक वन व्यावस्थापनको विरोध गर्दा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै प्रभावित भएको देवकोटाले वताए ।

    सो साझेदारी वनका अध्यक्ष योगेन्द्र वहादुर गुरुङले साझेदारी वनलाई
    विवादमा ल्याउन भन्दा पनि यसबाट हुने फाइदा सबैले लिन आग्रह गरे । पछिल्ला दिनमा साझेदारी वनले समाजका लागी धेरै राम्रा कामहरु गर्दै आएको गुरुङले वताएका छन् ।

    सोहि कार्यक्रममा वेलवारी चिसाङ साझेदारी वन भित्र पर्ने उपभोक्ताहरु साविकका १७ वटा गाविसहरु रहेका र ति १७ वटा गाविसमा पर्ने सामुदायिक विद्यालयबाट २०७४ को एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याएर पास गर्ने ३४ जना विधार्थीहरुलाई जनही १४५० रुपैयाका दरले छात्रवृति समेत वितरण गरिएको छ । छात्रवृति रकम पाए पस्चात विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । सोही क्रममा बेलबारीकी रश्मीता श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थी अध्यन गर्नमा अझ प्रोत्साहन गरेको बताइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…