• उर्लाबारी, मोरङ, २६ असार 

    मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना५ख ५००८ नंको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बूढीगंगा–३ का ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उपचारका क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालक सप्तरीको सप्तकोसी नगरपालिका–१ का ५१ वर्षीय कुशुमलाल साहलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

    त्यसैगरी, रतुवामाई नगरपालिका–५ मा आज ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । को२त ८११५ नंको ट्र्याक्टरले किचेर रतुवामाई नगरपालिका–५ बस्ने मनोज माझीको ४ वर्षीय छोरा बादल माझीको मृत्यु भएको हो । बाबुले खेत जोत्नका लागि ट्र्याक्टर लैजाने क्रममा सोही ट्र्याक्टरमा बसेका बादल अचानक तल खसेको र पछाडिको चक्काले किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनापश्चात् बाबु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…