•  

    भक्तपुर, २६ असार
    भक्तपुरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले आज जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

    टिपरले बा.८५प. ७१६ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा झापा बिर्तामोड घर भई हाल भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा घाइते मोटरसाइकल चालक १८ वर्षीय अमन ढुङ्गेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ढुङ्गेलको टाउकोमा चोट लाग्नाका साथै बायाँ खुट्टा भाँचिएको भएको छ । दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक धादिङ ठाक्रे–६ का २७ वर्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…