• काठमाडौं: व्यवस्थापनको हस्तक्षेपपछि कान्तिपुर मेडिया ग्रुपका प्रकाशन कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका छन्।

    सम्पादकीय नेतृत्वसँग सामान्य परामर्श पनि नगरी भारतीय लगानी भित्राएपछि असन्तुष्टी जनाउँदै दुवैले एकसाथ राजीनामा दिएका हुन्। केही दिनदेखि नै व्यवस्थापन पक्ष र सम्पादकीय नेतृत्वबीच असमझदारी बढेको स्रोतले बतायो।

    भारतको प्रतिष्ठित दैनिक टाइम्स अफ इन्डियाका रजनिशलाईअध्यक्ष कैलाश सिरोहियापछिको वरियतामा रहने गरी कार्यकारी नेतृत्वमा ल्याएपछि केही दिनदेखि नै व्यवस्थापन पक्ष र सम्पादकीय नेतृत्वबीच असमझदारी बढेको स्रोतले बतायो।शर्मा झन्डै एक दसकदेखि निरन्तरकान्तिपुरको सम्पादकीय नेतृत्वमा थिए।

    जनरल म्यानेजरअन्तर्गत सम्पादकलाई राख्‍ने व्यवस्थापनको नीतिगत निर्णयपछि नै व्यवस्थापन र सम्पादकबीच टकराव बढेको थियो। स्रोतका अनुसार भारतीय पक्षले आफ्नो लगानीको आकार बढाउँदै तीस प्रतिशतमा पुर्‍याएको छ। त्यसको व्यवस्थापकीय असर न्यूज रुममा परेको बुझिएको छ।

    दुवै प्रधानसम्पादकको राजीनामापछि सम्पादकीय नेतृत्वका बारेमा व्यवस्थापनले न्यूज रुमलाई कुनै जानकारी दिएको छैन। शर्मा बाहिरिएसँगै कान्तिपुर दैनिकको कार्यभार तत्कालका लागि सम्पादक हरिबहादुर थापाले सम्हाल्ने बुझिएको छ। राजीनामापछि कान्तिपुर न्यूजरुममा अन्योल बढेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…