• काठमाडौ-रुसमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्स र बेल्जियमबीचको खेल हुँदैछ । समूह सि विजेता भएर शिर्ष १६ मा पुगेको फ्रान्स र समूह जि को बिजेता बन्दै प्रि-क्वार्टरफाइनल पुगेको बेल्जियमबीच निकैनै भिडन्त हुने अनुमान गरिएको छ । हेरौ दुबै टोलीका पहिलो रोजाईका दुई खेलाडी ।

    बेल्जियम

    इडन हजार्ड

    बेल्जियमका कप्तान इडन हजार्डलाई विश्वकपमा अब्बल नेतृत्व क्षमता भएका खेलाडीका रुपमा हेरिन्छ । बेल्जियमका फरवार्ड हजार्डले जारी विश्वकमा २ गोल गरेका छन् । बेल्जियम र ट्युनिसियाको खेलमा ट्युनिसियालाई ५-२ गोलले पराजित गर्ने क्रममा हजार्डले २ गोलको योगदान गरेका थिए । बेल्जियमका गेम मेकरका रुपमा चिनीने हजार्ड मिडफिल्डबाट खेल्ने गर्छन् । उनी विपक्षीलाई रोक्दै उत्कृष्ट पास निकाल्दै सहकर्मीसम्म सफल पास गर्न सक्छन् भने मौका मिलेको अवस्थामा आफै गोल गर्न पनि सिपालु छन् ।

    रोमेलु लुकाकु 

    बेल्जियमका फरवार्ड रोमेलु लुकाकु पनि रुस विश्वकपमा सुरुदेखि नै चर्चामा रहे । लुकाकुले रुस विश्वकपमा खेलेका ४ खेलमा ४ गोल गर्दै गोल्डेनबुटको दाबेदारका रुपमा आफूलाई उभ्याएका छन् । उनी इंग्ल्यान्डका ह्यारी केनभन्दा २ गोलले पछि छन् ।

    म्यानचेस्टर युनाइटेडका फरवार्ड लुकाकुले बेल्जियमले पानामाविरुद्ध खेलेको समूह चरणको पहिलो खेलमै चमत्कार देखाएका थिए । रुस विश्वकपबाट विश्वकपमा डेब्यु गरेका लुकाकुले बेल्जियमले पानामालाई ३-० गोल अन्तरले पराजित गर्ने क्रममा २ गोल गरेपछि उनको चर्चा सुरु भएको थियो ।

    त्यस्तै, लुकाकुले समूह चरणको दोस्रो ट्युनिसियासँगको खेलमा समेत २ गोल गरेपछि उनको क्षमतालाई लिएर चर्चा हुन थालेको हो । सेमिफाइनलमा फ्रान्ससँग भिड्न लागेको बेल्जियमका तर्फबाट लुकाकु पहिलो रोजाइका खेलाडी हुन् । २५ वर्षीय लुकाकुले अहिलेसम्म बेल्जियमबाट खेलेका ७३ खेलमा ४० गोल गरिसकेका छन् ।

    फ्रान्स

    एन्टोइनी ग्रिजम्यान

    फ्रान्सका अर्का उत्कृष्ट खेलाडी हुन् एन्टोनी ग्रिजम्यान । ग्रिज्मयान बल पास गर्ने तरिका र मैदानमा बल पाएपछिको उनको दौडले पनि बढी चर्चामा रहे । उनले फ्रान्स र अष्ट्रेलियाबीचको समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई २-१ गोलले पराजत गर्ने क्रममा एक गोल गरेका थिए ।

    ५ खेलमा ३ गोल गरेका ग्रिज्मयानले दोस्रो गोल प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध पेनाल्टीमार्फत् गरेका थिए । ग्रिज्मयानले तेस्रो गोल क्वार्टरफाइनलमा उरुग्वेविरुद्धको खेलमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ग्रिजम्यानले रुसमा गरेको उत्कृष्ट प्रदर्शनसँगै बेल्जियमविरुद्धको सेमिफाइनल खेलमा राम्रो प्रदर्शन गर्दै फ्रान्सलाई फाइनलमा पुर्याउन सक्ने खेलाडीका रुपमा हेरिएका छन् । २७ वर्षीय ग्रिज्मयानले अहिलेसम्म फ्रान्सका लागि खेलेका ५९ खेलमा २७ गोल गरिसकेका छन् ।

    केलियन बाप्पे

    विश्व फुटबलमा नयाँ तरंग ल्याउन सक्ने खेलाडी भन्दै फ्रान्सका केलियन बाप्पेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले चर्चा गरिए सँगै जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मन फुटबल क्लबका फरवार्ड बाप्पेको प्रदर्शन रुसमा अहिलेसम्मका खेलमा उत्कृष्ट रह्यो । समूह चरणको दोस्रो खेलमा डेब्यु गरेका उनले विश्वकपमा पहिलो गोल पेरुविरुद्ध गरे ।

    बाप्पेले पहिलो गोल गरेसँगै उनलाई नयाँ पुस्ताका स्टार खेलाडीको दर्जा दिइएको छ । प्रि-क्वार्टरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दा बाप्पे दुई उत्कृष्ट गोल गर्दै नायक बनेका थिए ।

    १९ वर्षीय बाप्पेले फ्रान्सका लागि खेलेका अन्तराष्ट्रिय २० खेलमा ७ गोल गरिसकेका छन् भने बेल्जियमसँग हुन लागेको सेमिफाइनल खेलमा पनि बाप्पे पहिलो रोजाइमा पर्ने अनुमान रहेकोछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…