• विराटनगर २६ साउन । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले ५ बर्षे कार्यकालमा आफुलाई प्राप्त हुने तलव , भत्ता र अन्य कुनैपनि सेवा सुविद्या नलिने घोषणा गरेका छन । पछिल्लो यो घोषणाले उनको राजनीतिक कद्लाई उच्च पारेको छ ।
    पूर्वकै सफल उद्यमी  बगडीया त्यस क्षेत्रका लोकप्रिय नेता समेत मानिन्छन  । गाउँ घरमा व्यक्तीगत खर्च गरेर बगडीयाले सडक , पुल पुलेसा निर्माण गरिदिएका छन । मेयर हुन अगावै विकास निर्माण गरेपछि उनले जनताको मन जितेका थिए । एक बर्ष अघि भएको स्थानीय चुनाबमा संगठन कमजोर भएको रंगेलीबाट माओवादी केन्द्रले टिकट दिएको थियो । तर उनकै प्रभाव र लोकप्रियताले बगडीया विजयी भएका थिए ।
    असार २८ गते मेयर पद सम्हालेको बगडीयाको १ बर्ष पुग्दैछ । मेयरले प्राप्त गर्ने मासिक ३० हजार तलव , वोर्ड बैठक भत्ता र विभिन्न गोष्ठी , सेमिनारमा प्राप्त हुने करिब ४५ हजार नलिने बताए ।
    बगडीयाले भने , “प्राप्त भएको यो रकम असाहय , गरिब तथा विपत्तीमा परेका जनताको भेलो हुने काममा खर्च गर्छु । ” उनले प्राप्त गर्ने तलव सेञ्च्यूरी बैक र बोर्ड भत्ता सप्तकोशी डभलेपमेन्ट बैकमा नपाले जम्मा गरिरहेको छ ।

    “पारिवारिक जीवनको लागी नगरपालिकाबाट प्राप्त ५ रूपैया पनि लिन्न बगडीयाले दावी गरे । ” १ बर्षको यो अवद्यीमा उनको खातामा करिब ५ लाख रूपैया जम्मा भैसकेको छ ।
    यस्तै बगडीयाले नपाको गाडी समेत आफुले प्रयोग नगर्ने घोषणा गरे । मेयरको लागी खरिद गरिएको गाडी आफुले नचढेर प्रमुख प्रशासकीय अधिकृतलाई प्रयोग गर्न उनले दिएका छन । अर्को गाडी उपमेयरले चढिरहेकी छन । आन्तरिक स्रोतबाट मेरो लागी गाडी कहिले खरिद गर्दिन उनले भने , “ मलाई नपाको गाडी चढने सौख पनि छैन ।” व्यक्तीगत प्रयोग गरिरहेको १ गाडी समेत उनले नगरपालिकाका कर्मचारीका लागी प्रयोग गर्न दिएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…