• काठमाडौं । फ्रान्सले रुसमा जारी फिफा विश्वकपको फाइनलको यात्रा सुनिश्चि गरेको छ । मंगलबार मध्याराति भएको सेमिफाइनल खेलमा बेल्जियमलाई सकसपूर्ण जित निकालेर फ्रान्सले फाइनलको स्थान सुनिश्चित गरेको हो ।

    फ्रान्सलाई फाइनलको यात्रा सुनिश्चित गर्न डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बनेको थियो । उपाधिकारीको दाबेदार बेल्जियमलाई १–० ले हराउँदै फ्रान्सले बुधबार राति हुने सेमिफाइनलको खेलमा विजयी हुने टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

    सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो । पहिलो निकै प्रतिष्पर्धात्मक गोलरहित बराबरीमा सकिएको थियो । फ्रान्सले पाएका केही मौकाहरु गुमाएको थियो । ३४औं मिनेटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो । तर एन्टोइन ग्रिजम्यानको पासमा एमबाप्पेले मिलाइदिएको बललाई ओलिभर जिरुडले गोलमा परिणत गर्न सकेनन् । ४०औं मिनेटमा फ्रान्सले अर्को मौका पाएको थियो । एमबाप्पेको पासलाई पाभार्डले गोलको दिशा दिएपनि बेल्जियमका गोलकिपर कोट्र्वा बाधक बने ।

    बेल्जियमले पनि निकै राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेन । उसले पहिलो हाफको इन्ज्युरी समयमा निकै राम्रो मौका पाएको थियो । केभिन डि ब्रुयनको क्रसलाई रोमेलु लुकाकुले कनेक्ट गर्न नपाएपछि पहिलो हाफ गोलरहित बन्यो ।

    दोस्रो हाफको छैटौं मिनेटमा फ्रान्सले अग्रता लियो । ग्रिजम्यानको कर्नर प्रहारलाई सामुयल उम्टिटीले हेडमार्फत गोलमा परिणत गरे ।
    इन्ज्युरी समयमा फ्रान्सले दुईवटा उत्कृष्ट अवसर पाएको थियो । बेल्जियमले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो पटक विश्वकप फाइनल खेल्ने लक्ष्य पूरा हुन सकेन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…