काठमाडौं । रुसमा जारी फिफा विश्वकपमा आज सेमिफाइनलको अन्तिम खेल हुँदैछ । नेपाली समयअनुसार आज मध्यराति पौने १२ बजे क्रोएसिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।
यसअघि मंगलबार मध्यराति भएको सेमिफाइनलको पहिलो खेलमा बेल्जियमलाई १–० गोलअन्तरले हराएर फ्रान्सले फाइनलको यात्रा सुनिश्चित गरेको छ ।
गएको शनिबारराति अन्तिम क्वार्टरफाइनलमा घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले पराजित गरेर क्रोएसियाले इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो । साथै इंग्ल्याण्डले स्विडेनलाई ०–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको थियो ।
सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आइतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ ।