•  काठमाडौँ, २७ असार

    ‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित यहाँका पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि उहाँका शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् । काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब रु १५ लाख खर्च लाग्ने जनाइएको छ । विभिन्न क्षेत्रबाट गरी हालसम्म रु पाँच लाख बढी रकम संकलन भएको छ ।

    पत्रकार महासंघ बागलुङ शाखाले शुरु गरेको अभियानबाट रु दुई लाख उठेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । महासंघका कोषाध्यक्षसमेत रहनुभएका रानाको उपचार सहयोगार्थ शाखाले शुरुमा अभियान थालेको थियो । शाखामा रहेको पत्रकार कल्याणकारी कोषबाट समेत रु १० हजार सहयोग गरिएको अध्यक्ष शिरीषले बताउनुभयो । प्रगतिशिल पत्रकार संघ, नेपाल विद्यार्थी संघलगायतका संस्थाले पनि सहयोग अभियान चलाएका छन् ।

    हङ्कङ, जापान, बहराइनलगायतका देशमा पनि आर्थिक संकलन अभियान चलाइएको छ । हङ्कङमा हालसम्म रु एक लाख सहयोग उठेको अभियानकर्मी टीका रानाले जानकारी दिनुभयो ।
    धेरै कम मानिसमा देखा पर्ने ‘ए–प्लाष्टिक एनेमिया’ (शरीरले रगत उत्पादन नगर्ने) रोगको उपचारमा एक÷डेढ महिनाको समय लाग्ने जनाइएको छ । दुई साताअघि अस्पतालमा भर्ना हुनुभएका रानाको समस्या एक महिनाअघि निदान भएको थियो । अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेलले रानाको उपचार गरिरहनुभएको छ । राना बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिकको कार्यकारी सम्पादक हुनुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…